PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

रोनाल्डोको दोहोरो गोलमा लिग लिडर युभेन्टसको एट्लान्टासँग बराबरी



पहिलोपोस्ट

रोनाल्डोको दोहोरो गोलमा लिग लिडर युभेन्टसको एट्लान्टासँग बराबरी

इटालियन सिरि ए अन्तर्गत गएराति भएको खेलमा युभेन्टस र एटलान्टा बराबरीमा रोकिएका छन्। अलिआनज स्टेडियममा भएको खेलमा भएको खेलमा घरेलु टोली युभेन्टसले एटलान्टासँग २-२ को बराबरी खेलेको हो।

युभेन्टसका लागि दुवै गोल क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै गरेका थिए। खेलको १६ औं मिनेटमा डुभान जापटाको गोलबाट अग्रता बनाएको एटलान्टा पहिलो हाफमा एक गोलले अघि रह्यो।

दोस्रो हाफमा रोनाल्डोले पेनाल्टीबाट गोल गर्दै खेल बराबरीमा ल्याए। उनले खेलको ५५ औं मिनेटमा पाएको मौकालाई सदुपयोग गरेका थिए। खेलको ८० औं मिनेटमा एटलान्टाले फेरि अग्रता लियो। रुस्लान मालिनोभस्कीले मुरियलको पासमा गोल गरे। तर खेलको ९० औं मिनेटमा फेरि युभेन्टसले पेनाल्टीको मौका पायो। र दोस्रो पटक पनि रोनाल्डोले नै युभेन्टसलाई बराबरीमा ल्याए।

बराबरीमा रोकिएसँगै युभेन्टस ७६ अंकसहित तालिकाको शीर्षस्थानमा छ। त्यस्तै ६८ अंक जोडेको लाजियो दोस्रो स्थानमा छ भने एटलान्टा ६७ अंकसहित तालिकाको तेस्रो स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell