PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

भारतको मध्य प्रदेशमा एक युवाको एकै मण्डपमा दुई युवतीसँग बिहे



पहिलोपोस्ट

भारतको मध्य प्रदेशमा एक युवाको एकै मण्डपमा दुई युवतीसँग बिहे

भारतको मध्य प्रदेशमा एक युवकले दुई युवतीसँग एकसाथ बिहे गरेका छन्। मध्य प्रदेशको एमपीस्थित बैतुलका सन्दीप उइकेले ८ जुलाईमा जिल्लाको घोडाडोंगरी ब्लकको केरिया गाउँमा दुई युवतीसँग बिहे गरेका हुन्।

रोचक के छ भने बिहेका लागि दुबै युवती र उनका परिवार सहमत थिए। एक त युवकले आफै मन पराएकी प्रेमिका थिइन् भने अर्की बुवाआमाले मन पराएकी मंगेतर।

इण्डिया टाइम्सका अनुसार सन्दीपले होशंगावादकी कलेज पढ्दादेखिकी प्रेमिका र घोडाडोंगरी ब्लकस्थित कोयलारी गाउँकी मंगेतरसँग एकै मण्डपमा सात फेरा लिएका हुन्।

पञ्चायतकै निर्णय

अभिभावक मंगेतरसँगै बिहे गर्नुपर्ने अडानमा थिए। सन्दीप प्रेमिकासँग गर्ने अडानमा। विवाद पुग्यो पञ्चायतमा। पञ्चायतले यदि दुबै युवती सन्दीपसँग सहमत भए बिहे गरिदिने फैसला सुनायो। दुबै युवती तयार भए, अनि एकै मण्डपमा दुई युवतीले सन्दीपको हातबाट सिन्दुर लगाए। पञ्चायतको निर्णयपछि दुलाहा र दुबै दुलहीका परिवारले खुसीखुसी बिहे गरिदिए। बिहेको साक्षी बसे पञ्चायतका उपाध्यक्ष मिश्रीलाल परते।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell