PahiloPost

Aug 20, 2026 | ४ भदौ २०८३

गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना पोजेटिभ



पहिलोपोस्ट

गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना पोजेटिभ

काठमाडौं : गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना संक्रमण देखिएको छ।

क्षयरोग उपचार केन्द्र पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको परीक्षणमा थप १५ जनामा कोरोना पोजेटिभ देखिएको हो। तनहँमा ६, पर्वतमा २, बाग्लुङमा २, नवलपरासी पूर्व, स्याङ्जा, गोरखामा एक एक जनामा संक्रमण देखिएको हो। त्यस्तै लमजुङमा २ जनामा संक्रमण पुष्टि भएको छ।

गण्डकी प्रदेशमा अहिलेसम्म १ हजार १ सय ९२ जनामा कोरोना देखिएको छ। जसमध्ये ७ सय ३६ जना उपचार गराएर अस्पतालबाट फर्किसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell