PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

कोरोना संक्रमित ४३ जनाको मृत्यु! ७० प्रतिशतको मृत्युपछि कोरोना पुष्टि, चार जनाले गरे आत्महत्या



विधुर ढकाल

कोरोना संक्रमित ४३ जनाको मृत्यु! ७० प्रतिशतको मृत्युपछि कोरोना पुष्टि, चार जनाले गरे आत्महत्या
फाइल फोटो

काठमाडौं : विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको महामारीकाबीच मृत्यु भएकाहरुको तथ्यांक राख्न विश्व सरकारलाई आग्रह गर्दै आएको छ। कोरोना भाइरसबाट संक्रमित ४३ जनाको मृत्यु भएको छ।

जसमध्ये अधिकांशको मृत्युपछि संक्रमण पुष्टि भएको छ। मृत्यु भएकामध्ये उपत्यकाभित्र नै मृत्यु पछिमात्र कोरोना पुष्टि भएका छन्। ४३ मृत्युमध्ये ३३ जनामा अर्थात ७० प्रतिशतमा  मृत्युपछि मात्र संक्रमण पुष्टि भएको हो।

मृतकमध्ये १० जनाले मात्र आफूलाई कोरोना संक्रमण भएको थाहा पाएर मरे। तर ३३ जना आफ्नो मृत्युको एउटा कारण कोरोना हो भन्ने थाहा नपाई नै मृत्यु वरण गरे।

कतिपयले पट्यारलाग्दो क्वारेन्टाइन बसाई। परीक्षणको राम्रो व्यवस्था नहुनु, लगायतका कारण क्वारेन्टाइनमै कतिपयले आत्महत्यासमेत गरेका छन्। आत्महत्या गरेका उनीहरुमासमेत संक्रमण पुष्टि भएको छ।

आत्महत्या गरेका ४ जनामासमेत कोरोना संक्रमण पुष्टि भएको छ। तर, स्वास्थ्य मन्त्रालयको तथ्यांकमा यसलाई समावेश गरिएको छैन।

प्रदेश सरकारले भने यिनलाई पनि संक्रमितको मृत्युमा गणना गरेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो अपडेटअनुसार नेपालमा ३८ जनामा संक्रमितको मृत्यु भएको छ। तर प्रदेशहरुको विवरणअनुसार जोड्ने हो भन्य यो संख्या ४३ पुगेको छ।

मृत्यु भएकामध्ये सबैभन्दा बढी प्रदेश ५ मा रहेका छन्। नेपालमा मृत्यु भएको कुल संख्याको ३० प्रतिशत प्रदेश ५ मा छ। प्रदेश ५ को स्वास्थ्य निर्देशनालयको तथ्यांकअनुसार प्रदेशमा १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। जसमध्ये २ जनाले आत्महत्या गरेका हुन्। अर्घाखाँची र रोल्पाका एक/एक जनाले आत्महत्या गरेका हुन्।

दाङका एक जनाको भारतमा मृत्यु भए पनि दाङमा ल्याइ श्वाब संकलन गरी व्यवस्थापन गरिएको थियो। उनको मृत्युपछि कोरोना पुष्टि भएको थियो। उनको मृत्युलाई स्वास्थ्य मन्त्रालयले समावेश गरेको छैन।

त्यस्तै २१ प्रतिशत वागमती प्रदेशमा रहेका छन्। यहाँ ९ जनाको मृत्यु भएको छ। त्यस्तै कर्णाली र सुदुरपश्चिम प्रदेशमा  १४/१४ प्रतिशत अर्थात ६/६ जना संक्रमितको मृत्यु भएको छ। 

कर्णालीमा मृत्यु भएका संक्रमितमध्ये दुई जनाले आत्महत्या गरेका हुन्। सुर्खेत र दैलेखका १/१ जनाले आत्महत्या गरेका हुन्। दैलेखका एक जनाले क्वारेन्टाइनमै आत्महत्या गरेका हुन्। त्यस्तै गण्डकी प्रदेशमा ५ जनाको मृत्यु भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell