PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

दाउराको थुप्रोमा लुकाएको ६ लाख रुपैयाँ र लागू औषधसहित दुई जना पक्राउ



एम बम

दाउराको थुप्रोमा लुकाएको ६ लाख रुपैयाँ र लागू औषधसहित दुई जना पक्राउ

कैलाली : कैलालीमा लागू औषधसहित दुई जना पक्राउ परेका छन्। उनीहरू दुई जनाका साथबाट ६ लाख नगद पनि बरामद भएको छ। 

टीकापुर नगरपालिकाबाट पक्राउ परेका वडा नम्बर १ को व्यवसाय क्षेत्रका २८ वर्षीय शंकर भन्ने छत्रबहादुर साउद र टीकापुर नगरपालिका ६ नारायणपुरका ३६ वर्षीय मुकेश रावलबाट शुक्रवार नगद ६ लाखसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले तीन ग्राम सात सय मिलिग्राम खैरो हिरोइन र ६ लाख नगदसहित दुवै जनालाई पक्राउ गरिएको जानकारी दिए।

साउदको घरमा लागू औषधको कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको उनले बताए।
 
साउदको घर कोठा खानतलासी गर्दा उनीहरूले दाउराको थुप्रोमा लुकाई छिपाई राखेको डिजिटल तराजुसहित उक्त परिणामको लागू औषध र नगद बरामद भएको प्रहरीको भनाई छ।
 
उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell