PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

कर्णालीमा थप २१ जनामा कोरोना पुष्टि, प्रदेशमा संक्रमितको संख्या एक हजार ६१६ पुग्यो



पहिलोपोस्ट

कर्णालीमा थप २१ जनामा कोरोना पुष्टि, प्रदेशमा संक्रमितको संख्या एक हजार ६१६ पुग्यो

काठमाडौं : कर्णाली प्रदेशमा थप २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो पटक सुर्खेतको प्रदेश अस्पताल तथा पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा सुर्खेतका ११ जनामा संक्रमण पुष्टि भएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

त्यस्तै, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा कालिकोटका ७ जनामा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको प्रयोगशालामा गरिएको परीक्षणमा रुकुम पश्चिमकै २ जना र दैलेख अस्पताल प्रयोगशालामा दैलेखका १ जनामा संक्रमण पुष्टि भएको छ।

योसँगै कर्णालीमा एक हजार ६१६ जनामा संक्रमण पुष्टि भएको छ।

आज मात्र कर्णालीमा ४३ जनामा संक्रमण डिस्चार्ज भएका छन्। योसँगै डिस्चार्ज हुनेको संख्या एक हजार ४०८ जनामा डिस्चार्ज भइसकेका छन्।

हाल कर्णालीमा २०२ जना मात्र संक्रमित आइसोलेसनमा उपचारका क्रममा छन्। संक्रमितमध्ये ६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell