PahiloPost

Apr 30, 2026 | १७ बैशाख २०८३

अवैध रुपमा मिर्गौला प्रत्यारोपणमा प्रहरीकै संलग्नता



सविन ढकाल

अवैध रुपमा मिर्गौला प्रत्यारोपणमा प्रहरीकै संलग्नता

काठमाडौं : प्रहरीले चितवनको भरतपुर मेडिकल कलेज (कलेज अफ मेडिकल साइन्सेस) का तीन जना चिकित्सकसहित १२ जनालाई पक्राउ गरेको छ।

अवैध रुपमा मिर्गौला प्रत्यारोपण गरेको अभियोगमा उनीहरुलाई शनिवार राति नियन्त्रणमा लिइएको हो। नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा कानुन व्यवसायी र ललितपुर वडा ३ का वडाध्यक्ष गोपाल महर्जनसमेत रहेका छन्। 

अवैध रुपमा प्रत्यारोपणमा पक्राउ परेका दुई जना प्रहरी पनि रहेको खुलेको छ। प्रहरी सहायक निरीक्षक भीमप्रसाद खनाल र निलम्बित प्रहरी नायब निरीक्षक योगेन्द्र राज थपलिया पक्राउ परेका हुन्। दुबै मिर्गौला पीडित रहेको खुलेको छ। थपलिया अवैध रुपमा मिर्गौता प्रत्यारोपणमै यसअघि निलम्बनमा परेका थिए।

उनीहरुले २०७६ जेठ २७ गते अवैध रुपमा मिर्गौला प्रत्यारोपण गरेका थिए। आर्थिक लेनदेन गरेर गैरकानुनी रुपमा मिर्गौला  प्रत्यारोपण गरेको प्रहरीको दाबी छ। 

ब्यूरोले यसअघि गत असोजमा मिर्गौला किनबेचको आरोपमा निदान अस्पतालका सिइओसहित पाँच जनालाई पक्राउ गरेको थियो। नक्कली आफन्त खडा गरेर मिर्गौला किनबेच गरेको अनुसन्धानबाट खुलेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell