PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

अमिताभ बच्चनलाई कोरोना देखिएपछि प्रधानमन्त्री ओलीको ट्वीट



पहिलोपोस्ट

अमिताभ बच्चनलाई कोरोना देखिएपछि प्रधानमन्त्री ओलीको ट्वीट

प्रधानमन्त्री केपी शर्मा ओलीले बलिउड अभिनेता अमिताभ बच्चनको स्वास्थ्यलाभको कामना गरेका छन्।

अमिताभलाई शनिवार कोरोना भाइरसको संक्रमण देखिएपछि अस्पताल भर्ना गरिएको छ। अमिताभका छोरा अभिषेक पनि संक्रमित भएर अस्पतालमा छन्। बुहारी ऐश्वर्या राय बच्चन र नातिनी आराध्यामा पनि पोजेटिभ देखिएपछि घरमै सेल्फ क्वारेन्टाइनमा छन्।

अमिताभ र अभिषेक अस्पताल भर्ना भएको खबर आएसँगै आइतवार अपराह्न प्रधानमन्त्री ओलीले ट्वीटरमार्फत शिघ्र स्वास्थ्य लाभको कामना गरेका हुन्। ओलीले ट्वीटरमा लेखेका छन्, ‘भारतका महान अभिनेता अमिताभ बच्चन र उनका छोरा अभिषेक बच्चनको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell