PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

पशुपति विकास कोषलाई मन्त्री भट्टराईको निर्देशन : किल्ला निश्चित गरेर तारबार लगाउनु



पहिलोपोस्ट

पशुपति विकास कोषलाई मन्त्री भट्टराईको निर्देशन : किल्ला निश्चित गरेर तारबार लगाउनु

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले बिचौलियाको हितमा नभई बृहत्तर पशुपति क्षेत्रको हितमा लाग्न पशुपति क्षेत्र विकास कोषका पदाधिकारी तथा कर्मचारीलाई निर्देशन दिएका छन्। 

आइतवार कोषको समीक्षा बैठकमा मन्त्री भट्टराईले बृहत्तर पशुपति क्षेत्र विकास अन्तर्गतका हरेक योजनाहरु सो क्षेत्रबाट प्रतिनिधित्व गर्ने संघीय, प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र स्थानीय अगुवाहरु राखेर सार्वजानिक सुनुवाईमार्फत अगाडि बढाउन निर्देशन दिए।

मन्त्री भट्टराईले भने, ‘यदाकता कोही बिचौलियाका स्वार्थमा पनि काम हुने गरेको गुनासो सुन्ने गरिएको छ, त्यस्तो काम जो कोहीले गरेको भएपनि राम्रो होइन। जे गर्ने हो त्यो पशुपतिको हितलाई ध्यानमा राखेर मात्र गर्नुहोला।’

गत पुस २६ मा मन्त्री भट्टराईले ८ घण्टा पशुपति क्षेत्रको स्थलगत भ्रमण गरेका थिए। सो भ्रमणका क्रममा तत्कालीन र दीर्घकालीनरुपमा गर्नुपर्ने कामबारे ४८ बुँदे निर्देशन दिएका थिए। त्यसको कार्यन्वयनको अवस्थाबारे बुझ्न ६ महिनापछि आज मन्त्री भट्टराईले कोषको कार्यलयमै समीक्षा बैठक राखेका हुन्।

कोषको गोठाटारको जग्गा अतिक्रमण बारे हिजो मात्रै विभिन्न संचार माध्यमहरुमा आएको समाचारप्रति आफ्नो ध्यानाकर्षण भएको उल्लेख गर्दै मन्त्री भट्टराईले भने, ‘छिट्टै चार किल्ला निश्चित गरेर आफ्नो जग्गामा तारबार गर्नुस्, कसैले कोषको जग्गामा संरचना बनाएको छ भने ती पनि हटाउनुस्।’

मन्त्री भट्टराईले निश्चित समयसम्मका लागि स्वास्थ्य सुरक्षासम्बन्धी प्रोटोकल बनाएर पशुपतिनाथको दर्शन पनि खुला गर्नेगरि तयारी शुरु गर्न निर्देशन समेत दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell