PahiloPost

Jan 9, 2025 | २५ पुष २०८१

बाढी पीडितलाई उद्धार गर्न पर्सामा ७ सय सुरक्षाकर्मी ‘स्ट्यान्डबाई’, राहतको लागि पालिकासँग समन्वय



राधेश्याम पटेल

बाढी पीडितलाई उद्धार गर्न पर्सामा ७ सय सुरक्षाकर्मी ‘स्ट्यान्डबाई’, राहतको लागि पालिकासँग समन्वय

वीरगंज : लगातारको वर्षासँगै आएको बाढीले प्रभावित हुन सक्ने भन्दै जिल्ला विपद् व्यवस्थापन समिति पर्साले ७ सय जना सुरक्षाकर्मीलाई ‘हाईअलर्ट’ अवस्थामा राखेको छ।

पर्सा जिल्लाको भेडाहा, तिलावे, सिंयाही, ओरिया, सिक्टा नदी, लगायत आधा दर्जन खोलाहरुमा बर्षातको समयमा आउने बाढीको कारण डुबान हुन सक्ने हुँदा उद्धार तथा राहतका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी गरी करिब ७ सय जना सुरक्षाकर्मी तयारी अवस्थामा राखिएको जिल्ला विपद् व्यवस्थापन समितिकी सदस्य एवं जिल्ला प्रहरी कार्यालय पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिइन्।

नेपाली सेनाका ४ सय, सशस्त्र प्रहरीका २ सय र नेपाल प्रहरीका १ सय गरी करिब ७ सय जनाको टोली परिचालन गर्ने गरी तयारी अवस्थामा राखिएको पन्तले बताइन्। नेपाल प्रहरी अन्तर्गतको विपद् व्यवस्थापन गुल्ममा बाढी र डुबानबाट उद्धारका लागि ट्युब लगायतका सामग्री तथा विस्थापित हुने घर परिवारका लागि उद्धार तथा अस्थायी बसोबासका लागि आवश्यक सामग्री तयारी अवस्थामा राख्न सम्बन्धित पालिकासँग समन्वय भइरहेको पन्तले बताइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell