PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

नालाको पानीले डाइभर्सन बगाउँदा जनकपुर-ढल्केबर सडकखण्ड अवरुद्ध



पहिलोपोस्ट

नालाको पानीले डाइभर्सन बगाउँदा जनकपुर-ढल्केबर सडकखण्ड अवरुद्ध

जनकपुरधाम : नालाको पानीले डाइभर्सन बगाउँदा जनकपुर-ढल्केबर सडकखण्ड अवरुद्ध भएको छ। निरन्तरको वर्षाले नालाबाट बग्ने पानीको तीव्र वेगले लक्ष्मीनिया गाउँपालिकाको  सपहीस्थित डाइभर्सन बगाएको हो।

छ लेन सडकमा पुल निर्माणको काम चलिरहेकोले पूर्वपट्टि छेउमा डाइभर्सन बनाइएको थियो। शनिवार दिउँसो डाइभर्सन बगाएपछि अवागमन अवरुद्ध भएको हो। अहिले डाइभर्सन निमार्णको काम चलिरहेको लक्ष्मीनिया गाउँपालिकाका अध्यक्ष बिन्देश्वर यादवले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell