PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

महोत्तरीबाट ५ किलो गाँजासहित दुई जना पक्राउ



पहिलोपोस्ट

महोत्तरीबाट ५ किलो गाँजासहित दुई जना पक्राउ

जनकपुरधाम : महोत्तरीमा लागुऔषध गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

महोत्तरीको महोत्तरी गाउँपालिकाबाट ज ९ प २८७९ नम्बरको मोटरसाइकलमा सवार बर्दिबास नगरपालिका २ बुद्ध चोक बस्ने ३५ वर्षीय जीवन लामा र वडा नम्बर १४ स्थित कटुवाल टोल बस्ने २५ वर्षीय गणेश ठाकुरलाई प्रहरीले गाँजासहित पक्राउ गरेको हो।

महोत्तरी गाउँपालिका ३ डाम्ही मडैस्थित बर्दिबास-जलेश्वर सडक खण्डबाट इलाका प्रहरी कार्यालय बलवाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको महोत्तरीका प्रहरी प्रवक्ता प्रकाश विष्टले जानकारी दिए।

मोटरसाइकलको सिटमुनि सेतो बोराभित्र हरियो प्लास्टिकले बेरेको अवस्थामा ५ किलो गाँजा बरामद भएको उनले बताए। नियन्त्रणमा लिइएका दुवै जनालाई लागुऔषध मुद्दामा १० दिन म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रवक्ता विष्टले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell