PahiloPost

Jun 24, 2026 | १० असार २०८३

आर्सनलमाथि टोटेनहमको संघर्षपूर्ण जित



पहिलोपोस्ट

आर्सनलमाथि टोटेनहमको संघर्षपूर्ण जित

इङलिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा टोटेनहम हटस्परले आर्सनललाई हराएको छ। टोटेनहम हट्स्पर स्टेडियममा भएको खेलमा घरेलु टोलीले आर्सनलमाथि २-१ को संघर्षपूर्ण जित निकालेको हो।

खेलमा अग्रता आर्सनलले बनाएको थियो। १६ औं मिनेटमा अलेक्जेन्ड्रे लाकाजेट्टेले आर्सनलाई अग्रता दिलाए। र त्यसको ३ मिनेट भित्रै टोटेनहमका सन ह्युङ मिनले गोल गर्दै खेल बराबरीमा ल्याए। पहिलो हाफमा खेल १-१ को बराबरीमा रोकियो।

दोस्रो हाफमा घरेलु टोलीले एक गोल थप्यो। सन ह्युङ मिनको पासमा टोबी अल्डेरवेइर्ल्ड गोल ८१ औं मिनेटमा निर्णायक गोल गरे। र, घरेलु टोलीले खेल २-१ ले आफ्नो पक्षमा पार्‍यो।

जितसँगै ५२ अंक जोडेको टोटेनहम आठौं स्थानमा उक्लिएको छ भने ५० अंक जोडेको आर्सनल नवौं स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell