PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

सुरक्षा गार्डलाई कोरोना देखिएपछि बलिउड भेट्रान अभिनेत्री रेखाको लिइयो स्वाब, घर गरियो सिल



पहिलोपोस्ट

सुरक्षा गार्डलाई कोरोना देखिएपछि बलिउड भेट्रान अभिनेत्री रेखाको लिइयो स्वाब, घर गरियो सिल

सुरक्षा गार्डमा कोरोना भाइरसको संक्रमण देखिएपछि बलिउडकी 'भेट्रान' अभिनेत्री रेखाको पनि स्वाब लिइएको छ। उनले ब्रिहनमुम्बई म्युनिसिपल कर्पोर्सनलाई यसबारे जानकारी गराएकी छिन्। हालैमात्र बान्द्रास्थित उनको निवासमा कार्यरत एकजना सुरक्षा गार्डमा कोरोनाको संक्रमण देखिएको थियो।

उनको निवास बाहिर एउटा सार्वजनिक सूचना नै टासिएको छ र क्यान्टोन्मेन्ट जोन घोषणा गरिएको छ। साथै उक्त क्षेत्र ओरिपरि सबै स्यानिटाइज गरिएको छ।

हिजोमात्रै अमिताव बच्चनको परिवारका सबै सदस्यमा कोरोना संक्रमण पुष्टि भएको थियो। अर्का अभिनेता अनुपम खेरका आमा, भाइ, भाउजु र भतिजमा पनि कोरोना पोजेटिभ देखिएको थियो। अनुपम खेरको भने रिजल्ट नेगेटिभ आएको थियो।

गत महिना अभिनेता आमिर खानका कर्मचारीमा संक्रमण देखिएको थियो। भारतमा २२ हजार ७ सय भन्दा धेरैको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell