PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

पूर्व युवराज पारस शाहलाई एक्कासी किन अस्पताल भर्ना हुनुपर्‍यो?



पहिलोपोस्ट

पूर्व युवराज पारस शाहलाई एक्कासी किन अस्पताल भर्ना हुनुपर्‍यो?
फाइल फोटो।

काठमाडौं : पूर्व युवराज पारस शाह एक रात अस्पतालमा बिताएर डिस्चार्ज भएका छन्। स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि भर्ना भएका थिए।

शुक्रवार स्वास्थ्यमा समस्या आएपछि उनी थापाथलिस्थित नर्भिक अस्पताल भर्ना भएका थिए। 'चेक अप'का लागि पुगेका उनलाई चिकित्सकले भर्ना हुन सुझाव दिएका थिए। शुक्रवार भर्ना भएका शाहलाई उपचारपछि शनिवार डिस्चार्ज गरिएको अस्पतालले जानकारी दिएको छ।

'शुक्रवार भर्ना गरेर शनिवार डिस्चार्ज हुनु भएको हो। उहाँलाई फुड प्वाइजन भएको रहेछ,' नर्भिक अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले भने।

लकडाउनमा धेरै समय पोखरामा नै बिताएका पूर्व युवराज पारस शाह अहिले काठमाडौंमा नै छन्। केही दिनअघि मात्र उनी मण्डिखाटारस्थित ह्याम्स अस्पतालमा देखिएका थिए। सरकारप्रति असन्तुष्टि जनाउँदै अनशनमा बसेका युवालाई भेट्न पुगेका थिए उनी। इनफ इज इनफ भन्दै आन्दोलन गरेको समूहका युवाहरु अनशनमा बसेका थिए।

पोखरामा रहँदा पारस शाह युट्युबर सोनिका रोकायसँगै देखिन्थे। लामो समय थाइल्यान्डमा रहेका उनी पछिल्ला वर्षहरु भने नेपालमै बिताइरहेका छन्। थाइल्यान्डमा रहँदा पटकपटक लागू औषधसहित उनी पक्राउ परिरहन्थे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell