PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

मुद्दा मिलादिन्छु भन्दै पैसा असुल्ने पत्रकार पक्राउ



रासस

मुद्दा मिलादिन्छु भन्दै पैसा असुल्ने पत्रकार पक्राउ

कलैया : प्रेस सङ्गठन नेपाल प्रदेश नम्बर २ का सदस्य तथा एपी खबर बाराका संवाददाता भैयाराम साह पक्राउ परेका छन्।

प्रहरी हिरासतमा रहेका लागू औषध कारोवार गर्ने व्यक्तिलाई छुटाइदिन्छु भन्दै अफान्तसँग मोटो रकम माग गरेको र केही रकम समेत लिइसकेको रेर्कड फेला परेपछि त्यसैका आधारमा पत्रकार साहलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए।

पक्राउ परेका साहलाई अदालतबाट १० दिनको म्याद लिई अभद्र व्यवहार मुद्दा दर्ता गरी अनुसन्धान थालिएको प्रवक्ता मिश्रले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell