PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

कोरोना पछिको पहिलो क्रिकेट खेलमा सन्दीपको प्रतिक्रिया, 'इङ्ग्ल्यान्डमा इङ्ग्ल्यान्डलाई जित्न कहिल्यै सजिलो हुँदैन'



पहिलोपोस्ट

कोरोना पछिको पहिलो क्रिकेट खेलमा सन्दीपको प्रतिक्रिया, 'इङ्ग्ल्यान्डमा इङ्ग्ल्यान्डलाई जित्न कहिल्यै सजिलो हुँदैन'

काठमाडौं: मार्च ९ पछि कोरोना महामारीको कारण रोकिएको क्रिकेटमा इङ्ग्ल्यान्ड र वेस्टइन्डिजबीचको खेलसँगै लामो 'ग्याप' सकिएको छ। वेस्टइन्डिजले ४ विकेटले जितेको यो टेस्टमा कोरोनाका कारण उत्पन्न तनावका बीच समर्थकहरुले क्रिकेट हेरेर मनोरन्जन गर्ने अवसर पाए। समर्थक मात्र होइन सँधै जसो व्यस्त रहने क्रिकेटरहरुले पनि बसेर क्रिकेट हेर्न भ्याए यसपटक। वेस्टइन्डिज पछि पाकिस्तान पनि इङ्ग्लयान्डसँग तीन टेस्ट र तीन टी२० सिरिज खेल्नका लागि इङ्ग्ल्यान्ड पुगिसकेको छ। यो सिरिजसँगै नेपाली क्रिकेटरहरुले पनि प्रतिकृया दिएका छन्।

'क्रिकेट फर्किएको देख्दा खुशी लागेको छ जसमा वेस्टइन्डिजले इङ्ग्ल्यान्डलाई ४ विकेटले पराजित गरेको दृश्य उत्कृष्ट थियो,' उनले लेखेका छन्, 'इङ्ग्ल्यान्डलाई इङ्ग्यान्डमै जित्नु कहिलै पनि सहज हुँदैन। वेस्टइन्डिजलाई बधाई।'

 

त्यस्तै नेपाली टिमका पूर्वकप्तान पारस खड्काले केही दिनअघि सामाजिक सञ्जालमा अभ्यास गर्दै गरेको पोस्ट गर्दै अन्तर्राष्ट्रिय क्रिकेट फर्किँदै गर्दा आफूले पनि 'फिल्ड' लाई धेरै सम्झिरहेको प्रतिकृया दिएका थिए।

यता करण केसीले क्रिकेट फर्कनु अघि नै श्रीलंका अभ्यासमा फर्किएको भन्ने आइसिसीको एउटा भिडियोलाई शेयर गर्दै 'हामी पनि फर्कन सक्छौ?' भन्ने ट्वीट गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell