A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__usermodelsUser.php.6a807965c33666.24558051): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__usermodelsUser.php.6a807965c33666.24558051,application/models/proxies/__CG__usermodelsUser.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

स्वयम्भूलाई एक फन्को लगाउँदै सुरु भएको त्यो यात्रा...
PahiloPost

Aug 15, 2026 | ३० साउन २०८३

स्वयम्भूलाई एक फन्को लगाउँदै सुरु भएको त्यो यात्रा...



मुकुन्द घिमिरे

स्वयम्भूलाई एक फन्को लगाउँदै सुरु भएको त्यो यात्रा...

अप्ठेरो बाटोलाई आफू अनुकुल बनाउन उनलाई मज्जा लाग्छ। साइकलका दुई पांग्रालाई चलायमान बनाउँदै सफर गर्न मन लाग्छ। त्यसैले बिहानै साइकल लिएर उनी अभ्यासकै लागि काठमाडौंका डाँडाकाँडा चहार्छन्। गोरेटो बाटो होस् कि कच्ची, लक्ष्मण मल्लको साइकललाई एउटै सपनाले 'ड्राइभ' गरिरहेको हुन्छ - त्यो हो, एसियाली स्तरमा नेपालका लागि पदक जित्ने।

त्यही सपनालाई पछ्याउँदै गत वर्षको मंसिरमा नेपालमा आयोजना भएको दक्षिण एसियाली खेलकुद (साग) मा मल्लले प्रतिस्पर्धा गरे। उक्त प्रतियोगितामा नेपालले ५१ स्वर्ण सहित २०७ पदक पोल्टामा पार्दा दुवाथोलनका खेलाडी लक्ष्मण मल्लले नेपाललाई रजत पदक दिलाए।

पोखरामा भएको दुवाथोलनको प्रतियोगितामा मल्ल ‘बिहाइन्ड द सिन’ नै देखिए।

उक्त प्रतिस्पर्धामा पहिलो बने नेपालकै हिमाल टमाटा। सागभन्दा अघि भएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा मल्ल पहिलो भएका थिए अनि टमाटा दोस्रो। यसमा मल्ललाई कुनै दु:ख छैन। कारण स्वर्ण नेपालले नै जित्यो। तर, व्यक्तिगत हिसाबले भने अझै राम्रो गर्न सक्ने कुरा उनको मनमा खेली नै रह्यो।

सागका लागि उनले नयाँ साइकल चढ्ने तयारी गरेका थिए। तर, साग सकिएको चार महिनापछिमात्रै त्यो रहर पूरा भयो।

सागको समयमा भने उनलाई ट्रायथलन संघले एउटा पुरानो साइकल दिएको थियो। त्यही पुरानो साइकलको प्याडल दबाउँदै उनी अन्तर्राष्ट्रिय पदक जित्ने बाटोमा भिडेका थिए।

+++

मल्लको पुर्ख्योली घर धादिङ, जन्मिए काठमाडौंमै। हुर्किए स्वयम्भू क्षेत्रमा। त्यहाँ हुने चहलपहलले मल्ललाई निकै प्रभावित बनायो।

बिहानै मानिसहरु मर्निङवार्क आउँथे। स्वयम्भू स्तूपसम्म पुग्न भर्‍याङ चढ्थे। परिक्रममा गर्थे। सानैदेखि सामान्य बनेका यस्तो दृश्य देख्दादेख्दै उनलाई पनि एकदिन दौडन मन लाग्यो। र, थाले स्वयम्भूको वरिपरि चक्कर काट्न।

सुरुताका चप्पल लगाएर स्वयम्भूको फन्को लगाउने उनी त्यसपछि रोकिएनन्। भूमिका फेरिँदै गयो, विधा फेरियो तर दौडिनेक्रम जारी रह्यो।

स्वयम्भूको दौडबाट स्कुलस्तरीय प्रतियोगिता, रोड रेस हुँदै दुवाथोलनसम्मको यात्रामा आइपुगेका छन् अहिले मल्ल। बेलाबखत हुने एकाध अल्ट्रा रेस पनि भ्याएका छन् उनले।

उकालो-ओरालो। कतै सम्म। कतै भीरको बाटो। यस्तै रुटमा हुन्छ, त हुने हो माउन्टेन बाइकिङ। अनि उनको खेल चाहीँ दुवथोलन। अर्थात् : दौड र साइकलको रेसिङ मिश्रित खेल।

'सुरुमा निश्चित दुरी दौडिने। अनि साइकलमा निश्चित दुरीको रेस हुन्छ। अनि अन्तिममा फेरि दौडिने,' उनले दुवाथोलनबारे सुनाए।

पाँचौ राष्ट्रिय खेलकुद प्रतियोगिताबाट 'राष्ट्रिय प्रतिस्पर्धामा उत्रिन थालेका उनले त्यतिबेला वाग्मती अञ्चलबाट ५ किमी र १० किमी दुवै दौडमा दोस्रो स्थान हासिल गरेका थिए। त्यस्तै, सातौं राष्ट्रिय खेलकुदमा भने उनले विधा फेरे। खाली दोस्रोमात्र बन्दा मानसिक रुपमा पनि केही प्रभाव पर्‍यो, सायद। त्यसैले उनी हान्निए दुवाथोलनतिर।

'निलेन्द्रराज श्रेष्ठ सरले दुवाथोलनमा लाग्नुपर्छ। साइक्लिङमा लाग्नुपर्छ भन्नुभयो। मलाई पनि ठिकै लाग्यो,' सुरुवाती दिनलाई उनले सम्झिए।

यतिबेला कोरोना कहर चलेको नहुँदो हो त उनी 'पावर म्यान मलेसिया' प्रतियोगिताका लागि उतै हुन्थे। उनी र हिमाल टमाटा। उता जान नपाउँदा भने पनि उनी परिश्रम चाहिँ गरिरहेक छन्। साइकल लिएर अभ्यासकै लागि कहिले बुढानीलकण्ठ भन्दा माथि रहेको हेलिप्याडतिर पुग्छन् त कहिले चोभारको डाँडामा।

'अभ्यास त म दशैँ तिहारमा पनि छोड्दिन,' केही दिनअघि बुढानीलकण्ठभन्दा माथि जंगलतिरै अभ्यासमा पुगेका उनले सुनाए।

उनले जुन ठाउँमा साइक्लिङ गरिरहेका थिए त्यहाँबाट हेर्दा काठमाडौंको गजब देखिँदो रहेछ। तर, दिन प्रतिदिन त्यही खालको अफ्ठारा रुटमा जोखिम मोल्नु चाहिँ चानचुने होइन।

जोखिमको कुरा गर्दै गर्दा उनले आफ्ना साथी नारायण गोपाल महर्जनलाई सम्झिए जसको खेलकै क्रममा श्रीलंकामा निधन भएको थियो।

'सँगै अभ्यास गर्थ्यौं। खै पछि चाहिँ प्याडलमा रहेको क्लिप खोल्न नसकेर मृत्यु भएको सुनियो,' उनले गम्भीर हुँदै भने, 'म पनि चाँगुनारायणको रुटमा एकपटक नराम्रोगरी ट्र्यापमा परेको छु। अगाडि खाल्डो रहेछ, देखिएन। हुर्रिएर अगाडि पुगेँ। चोटपटक पनि दह्रै लाग्यो। लामो समय रेस्ट गर्नु पर्‍यो।'

यसबाहेक सानतिना दुर्घटना त कति हो कति! हिसाबै रहन्न त्यसको।

कतै उकालो बाटो, कतै ओरालो। कहीँ ढुंगा त कहीँ चिप्लो। र, यस्तै बाटोमा कुदाउनुपर्छ साइकल। सजिलो बाटो रोज्नेका लागि साइक्लिङको यो विधाको अर्थ छैन तर यसमै रमाउनेका लागि जति जोखिम उति रोमाञ्चक।

उनी साइकल लिएर अफ्ठ्यारा बाटोबाट दुरी तय गरिरहँदा भेटिएका मानिसले भन्ने गर्छन् - 'अगाडि बाटो छैन। यता नजानु।'

'फुटबलमा लड्नु र माउन्टेन बाइकमा लड्नु उस्तै हो। लड्ने, उठ्ने अनि फेरि दौडिने,' उनले भने।

फुटबलका फ्यान हुन् मल्ल। त्यसैले साइकलबारे गफिँदा पनि फुटबल घुसिहाल्छ।

'सबै खेल उत्तिकै महत्वपूर्ण छन् भन्ने लाग्थ्यो,' उनले भने, 'बुन्डेसलिगामा बार्यन म्युनिख, ला लिगामा बार्सिलोना र नेपाली लिगमा मनाङ मर्स्याङ्दी क्लब मनपर्छ।'

नेपाली फुटबल लिगमा चासो धेरै बढेको चाहिँ २०६२/६३ सालतिर हो। बिहान लिगका खेल हुनु अघि र खेलपछि उनी रंगशालामा अभ्यास गर्थे। दिउँसो कलेजबाट फर्किएर आउँदा लिग पनि हेर्न भ्याउँथे।

सागमा पाएको उपलब्धिलाई उनी हाल सम्मको ठूलो उपलब्धि मान्छन्।

बैकुण्ठ मानन्धर, राजेन्द्र भण्डारी जस्ता खेलाडीहरुको नाम सुन्दै हुर्किएका हुन् उनी। उनलाई सानैबाट उनीहरु जस्तै बन्ने चाहना थियो। जसका लागि अझै डटिरहेका छन् उनी। उनलाई विश्वास छ आफ्नो मेहेनतमा।

'खेल भनेको त एउटा तपस्या हो। मान्छेहरु २/३ वर्ष खेलेर 'भएन' भन्दै छाड्छन्। त्यति समय त पोजिसन बनाउनै लाग्छ,' उनले बुझेको यही हो।

+++

मार्सल म्याकुलहनको सिद्धान्तलाई मान्ने हो भने साइकल मानिसको खुट्टाको विस्तारित स्वरुप हो। खुट्टाकै भरमा यात्रा तय गर्दा समय लाग्छ तर त्यसमै साइकलको प्याडल जोडिँदा रफ्तार पक्डिन्छ। त्यसैले साइकल उनका लागि सबैभन्दा महत्वपूर्ण साधन हो।

अहिले कुदाउँदै गरेको माउन्टेन बाइकका लागि मल्लले १ लाख ७५ हजार हालेका हुन्। त्यसमा नपुगेको रकम चाहिँ दाताहरुले जुटाइदिए। प्रोफेसनल साइक्लिस्टले जुत्ताको साइज, आफ्नो तौल, उचाइ आदि सबैको क्यालकुलेसनको आधारमा साइकल लिने गर्छन्।

'माउन्टेन बाइकको पनि आआफ्नो साइज हुन्छ। जुत्ताको साइज जस्तै। जुत्ताको साइज हुन्छ नि ३९, ४०, ४१ त्यस्तै यसको पनि साइज हुन्छ,' साइकललाई देखाउँदै उनी भन्दै गए, 'यसलाई चाहिँ स्मल फ्रेम भन्छ। यो १५ साढे १५ को हुन्छ। यो हाइट कम हुनेलाई हो। यो ह्विल भनेको ट्वाएन्टीनाइजर ह्विल हो। अहिले यसको ट्रेन्ड चलेको छ। पहिला २६/२७ को आउँथ्यो।’ पाङ्ग्राको यो आकार असजिला बाटोमा सहज हुने उनले बताए।

'राइडरले साइकललाई धेरै माया गरेको हुन्छ। सकेसम्म राइडरले आफ्नो साइकल अरुलाई चलाउन दिँदैन,' उनले सुनाए, 'आफ्नो सबैभन्दा प्यारो चिज नै साइकल हुन्छ। राइडरको साथी नै यही त हो।'

उनी कहिले काहिँ साइकलमै लामो यात्रा पनि भ्याउँछन्। साइकलमै काठमाडौं पोखराको यात्रा पनि धेरैपटक गरिसकेका छन् उनले।

'साइकल मेन्टेन पनि गर्न जान्नुपर्छ। सामान्य कुराहरु बिग्रियो भने आँफै बनाउन पनि जान्नु पर्छ,' उनले भने, 'मैले धेरै गर्दा ५/६ घन्टासम्म 'ननस्टप' राइड गरेको छु। यहाँबाट भकुन्डेबेसीँ। भकुन्डेबेशीँबाट फिर्ता। अनि काठमाडौं पोखरा पनि।'

पोखराबाट काठमाडौं आउन करिब ७० प्रतिशत इफोर्ट लगाउने हो भने साढे १० घन्टा लाग्ने उनको दाबी छ।

+++

साइकल रेसमा उनका अविस्मरणीय पल पनि छन्। त्यस्तैमध्येको एक हो नेपालको लामो 'वालिङ १०० किमी' को रेस।

'प्रतियोगिता हुँदै थियो। त्यहाँका स्थानीयले त्यो रुट मार्किङ गरेको चिन्ह्र नै हटाइदिएछन्,' उनले मुस्काउँदै सुनाए, 'अनि समस्या के भयो भने पहिलो र दोस्रो पछि आउने हामी राइडरहरु अलमलमा पर्‍यौं। अब देब्रे जाने कि दाहिने? त्यसमा तेस्रो पोजिसनमा रेस त सकेँ ६ घन्टा ४२ मिनेट जतिमा तर आयोजकले हामीलाई डिस्क्वालिफाइ गर्दियो।'उक्त रेस सम्झँदा उनलाई अझै नमिठो लाग्छ।

तर, त्यसभन्दा नमज्जा चाहिँ साइकल चढ्नेलाई अरु सवारी साधन चढ्नेले गर्ने व्यवहारबाट हुने गर्छ। साइकल लिएर सडकमा निस्किँदा साइड नदिने र हेयको हिसाबले गर्ने व्यवहारबाट आजित छन् उनी। उनीमात्र होइन, साइकललाई हेर्ने धेरैमा यस्तै दृष्टिदोष छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell