PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

कलभर्ट माटोले भरियो, गाउँ पानीले

कलभर्ट माटोले भरियो, गाउँ पानीले

राधेश्याम पटेल/पहिलोपोस्ट


पर्सा : ओरिया खोलामा आएको बाढीले छिपहरमाई गाउँपालिका वडा नं ३ झलमहिया डुबानमा परेको छ।

गाउँको बीचमा रहेको पुरानो कलभर्टमा माटो पुरेर भरिएपछि पानीको निकास रोकिएर गाउँ नै डुबानमा परेको स्थानीय भुलन साहले बताए। २ सय ५० घरधुरी रहेको झलमहिया टोल पर्साको वीरगंजबाट करिब ३५ किलोमिटर पश्चिम-दक्षिणमा पर्छ भने भिस्वा बजारबाट ३ किलोमिटर पश्चिममा पर्दछ।

स्थानीय भरत साह कानु, राजेश साह कानु, विक्रम साह कानु, सोहन साह तेली, बुलट साह तेली, भुवनेश्रर यादवलगायत दर्जनौ गाउँलेको घरमा २/३ फिट सम्म पानी पसेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell