PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

काठमाडौंमा दम्पतीको हत्या, १४ वर्षपछि परे भारतसँगको सीमा क्षेत्रबाट पक्राउ



सविन ढकाल

काठमाडौंमा दम्पतीको हत्या, १४ वर्षपछि परे भारतसँगको सीमा क्षेत्रबाट पक्राउ

काठमाडौं : राजधानीमा एक दम्पतीको हत्या गरी लामो समयदेखि भारतमा रहँदै आएका जय किशोर साहलाई प्रहरीले पक्राउ गरेको छ। हत्या भएको १४ वर्षपछि अभियुक्त नेपाल भारत सीमा क्षेत्रबाट पक्राउ परेका हुन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ३४ वर्षीय साहलाई असार २८ गते बाँकेबाट पक्राउ गरेको हो। सर्लाही पिपरियाका उनी र उनका एक अर्का साथी मिलेर काठमाडौंको सीतापाइलामा रहेको कान्तिपुर स-मिलका संचालकहरु नातिकाजी सुवेदी र उनकी पत्नी सानुको हत्या गरेका थिए।

मिलमा काम गर्दै आएका साह र बाँकेका प्रताप रानाले धारिलो हतियारले प्रहार गरी दम्पतीको हत्या गरेका थिए। काम बिगारेको विषयमा स-मिल संचालक सुवेदीले गाली गरेपछि उनीहरु आक्रोशित भएर दम्पती र उनका छोरालाई हतियारले आक्रमण गरेका थिए। गम्भीर घाइते भएका उनीहरुका छोरा विलभ भने उपचारपछि ठीक भएका थिए। त्यतिखेर उनी १५ वर्षका थिए।

हत्या गरेपछि फरार रहेका दुवै जना भारतको लखनउ पुगेको प्रहरीले जनाएको छ। दुई वर्ष त्यहाँ सँगै बसेपछि राना अन्यत्रै लागेका थिए। साहले भारतमा पुगेर जय शर्मा नामबाट भारतीय आधार कार्ड समेत लिएर बस्दै आएका थिए।

ब्युरोले स्थापनाकालदेखि नै यो घटनालाई प्राथमिकतामा राख्दै अनुसन्धान अगाडि बढाएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell