PahiloPost

Jan 17, 2026 | ४ माघ २०८२

स्तन क्यान्सरसँग लडिरहेकी अभिनेत्री केली प्रेस्टनको निधन



पहिलोपोस्ट

स्तन क्यान्सरसँग लडिरहेकी अभिनेत्री केली प्रेस्टनको निधन
Arthur Mola/Invision/AP

अमेरिकी अभिनेत्री केली प्रेस्टनको निधन भएको छ। क्यान्सरको उपचार गराइ रहेकी उनको सोमबार निधन भएको हो।

५७ वर्षीया अभिनेत्रीको निधन बारे उनका श्रीमान तथा कलाकार जोन ट्रावोल्टाले इन्स्टाग्राममार्फत् जानकारी दिएका हुन्।

जोनले लेखेका छन्,'मेरी सुन्दर श्रीमती केलीले स्तन क्यान्सरविरुद्धको दुई वर्ष लामो लडाइ हारेकी छिन्। उनको लडाइ भने साहसिक थियो। त्यसमा यहाँहरूको साथ र माया थियो।' उनले पोस्टमार्फत् आफ्नी श्रीमतीको उपचारमा खटिएका स्वास्थ्यकर्मी एवं चिकित्सकलाई धन्यवाद व्यक्त गरेका छन्।

यस अमेरिकी कलाकार जोडीले २९ वर्ष अघि विवाह गरेका थिए। उनीहरूले 'ब्याटलफिल्ड अर्थ' र 'गोटी'मा सहकार्य गरेका छन्।

प्रेस्टनले 'ट्वीन्स', 'फ्रम द डस्क टिल डन', 'जेरी म्याग्युरी', 'क्याट इन द ह्‍याट' लगायत फिल्ममा काम गरेकी छिन्।

श्रीमतीको निधनसँगै केही समय आफ्ना दुई छोरीहरूसँग बिताउने बताएका छन्। उनीहरूका छोरा जेटको सन् २००९ मा १६ वर्षको उमेरमा मृत्यु भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell