PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

मेरो कुनै प्रेमी छैन: पूर्वराजकुमारी पूर्णिका



पहिलोपोस्ट

मेरो कुनै प्रेमी छैन: पूर्वराजकुमारी पूर्णिका

पूर्वराजकुमारी पूर्णिका शाहले आफ्नो कुनै प्रेमी नभएको बताएकी छन्। सञ्चारमाध्यममा प्रेमी रोजेको खबर सार्वजनिक भएपछि पूर्णिकाले सामाजिक सञ्जाल टिकटकमार्फत खबरमा सत्यता नभएको स्पष्ट पारेकी हुन्।

जनआस्था साप्ताहिकले अघिल्लो अंकमा पूर्वराजकुमारीले रोजिन् प्रेमी शीर्षकमा समाचार प्रकाशित गरेको थियो। सो समाचारलाई धेरै अनलाइनले सभार गरेर प्रकाशन गरेका थिए भने सामाजिक सञ्जालमा पनि चर्चा भइरहेको छ।

आफ्नो बारेमा खबरहरु छापिएपछि पूर्णिमाले हाँस्दै भनेकी छन्, ‘मेरो बारेमा छापिएको कुरामा केही सत्यता छैन। सबैलाई यो कुरा नपत्याउन अनुरोध गर्दछु।’ यो कुरा भन्दा पूर्णिमा हल्का लजाएजस्तो देखिन्छिन्। 

जनआस्थाले आमा एवं पूर्वयुवराज्ञी हिमानी शाहकै समर्थनमा पूर्णिमा आफूभन्दा १० वर्ष जेठो उमेरका धर्म थापा नामका युवकसँग प्रेममा रहेको उल्लेख गरेको छ। उनीहरुबीच थाइल्याण्डमै भेट भएको थियो। धर्म पूर्वएआईजी सुशीलबरसिंह थापाका छोरा भएको उल्लेख छ।

पूर्वराजकुमारी पूर्णिमा थाइल्याण्डमा अध्ययरत छिन्। हाल आमा हिमानी पनि छोरीहरुका साथ थाइल्याण्डमै छिन्। पूर्णिमा टिकटकमा सक्रिय छिन्।

@purnikarlds

Don’t believe everything you read..

♬ original sound - purnika_shah



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell