PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

टुकुचा खोलामा सफा पानी बगाउने सरकारको योजना



पहिलोपोस्ट

टुकुचा खोलामा सफा पानी बगाउने सरकारको योजना

काठमाडौं : सरकारले काठमाडौं उपत्यकाको मध्य शहरमा बग्ने टुकुचा खोलाको संरक्षण गर्ने भएको छ।

सोमबार बागबजार स्थित टुकुचा खोलाको स्थलगत अवलोकन गर्दै शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले मन्त्रालयको ट्रिटमेन्ट प्लान अनुसार टुकुचा खोलाको व्यवस्थापन गरिने बताएका हुन्। उनले आगामी आर्थिक वर्षमा टुकुचा खोलाको व्यवस्थापनका लागि २० करोड रुपैयाँ बजेट छुट्याइएकाले छिट्टै कामलाई अगाडि बढाइने दाबी गरे।

मानन्धरले ६ किलोमिटरको टुकुचा खोलाको संरचनालाई प्राकृतिक रुप दिने गरि काम हुने बताउँदै खोलाको दायाँबायाँ किनारालाई व्यवस्थित बनाइने बताए।

अधिकार सम्पन्न एकीकृत वाग्मती आयोजनाका प्रमुख लीलाप्रसाद ढकालले टुकुचा खोलाको दायाँबाँयाँ ढल निकास गर्ने र खोलामा शुद्ध पानी मात्र बगाउने योजना अनुसार एसियाली विकास बैंकसँग मिलेर काम गरिने बताए।

खोलाको व्यवस्थापनका लागि सरोकारवाला र स्थानीयसँगको छलफलपछि डीपीआरलाई अन्तिम रुप दिइने भएको छ। सुन्दर शहरका लागि टुकुचाको व्यवस्थापन अनिवार्य भएकोले दीर्घकालीन योजनासहित काम गरिरहेको एकीकृत वाग्मती अयोजनाले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell