PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

कर्णालीमा थप ४७ जनामा संक्रमण, संक्रमित मध्ये सात जना त २ देखि १२ वर्ष सम्मका



पहिलोपोस्ट

कर्णालीमा थप ४७ जनामा संक्रमण, संक्रमित मध्ये सात जना त २ देखि १२ वर्ष सम्मका

काठमाडौं : कर्णाली प्रदेशमा आज थप ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्‍टि भएको छ। यससँगै कर्णाली प्रदेशमा सक्रमितको संख्या एक हजार ६ सय ६३ पुगेको छ।

नयाँ थप भएका संक्रमित मध्ये ४१ जना सुर्खेत जिल्लाका मात्र रहेका छन्। त्यस्तै जाजरकोटका १, बाँकेका १ र दैलेखका २ जना छन्। त्यस्तै रुकुम पश्चिमका २ जनामा पनि संक्रमण पुष्टि भएको।

सुर्खेतमा पुष्टि भएका संक्रमितमध्ये वीरेन्द्रनगर नगरपालिकाका १८ पुरुष र २ महिला रहेका छन्। त्यस्तै सिम्ता गाउँपालिकाका २१ जना छन्। २१ जना मध्ये ३ महिला छन्।

संक्रमित मध्ये सिम्ता- ५ का ४/४ वर्षका दुई बालक र सिम्ता ७ का ३ वर्षका र सिम्ता ८ का २ र ८ वर्षका बालक छन्।

वीरेन्द्रनगरका संक्रमित मध्ये १२ वर्षकी बालिका पनि छिन्।

त्यस्तै, दैलेख आठविस नगरपालिका ५ का ११ वर्षकी बालिकामा पनि संक्रमण पुष्टि भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell