PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

देशभर थप १ सय ४४ जनामा कोरोना पुष्टि, ५ हजार ८५६ जनाको गरिएको थियो पीसीआर परीक्षण



पहिलोपोस्ट

देशभर थप १ सय ४४ जनामा कोरोना पुष्टि, ५ हजार ८५६ जनाको गरिएको थियो पीसीआर परीक्षण
फाइल फोटो।

काठमाडौं : नेपालमा थप १ सय ४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले थप १ सय ४४ जनामा संक्रमण देखिएको जानकरी दिए।

२५ वटा प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका ३ जना, भक्तपुरका १ जना, ललितपुरका ५ जनासहित १ सय ४४ जनामा कोरोना देखिएको हो। २४ घण्टामा ५ हजार ८ सय ५६ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell