PahiloPost

Jan 24, 2025 | ११ माघ २०८१

पछिल्लो २४ घण्टामा २९ जिल्लाका १४४ जनामा कोरोना पुष्टि, कुन जिल्लामा कति थपिए संक्रमित?



विधुर ढकाल

पछिल्लो २४ घण्टामा २९ जिल्लाका १४४ जनामा कोरोना पुष्टि, कुन जिल्लामा कति थपिए संक्रमित?

काठमाडौं : पछिल्लो २४ घण्टामा २९ जिल्लाका १४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। देशभरका २५ प्रयोगशालामा गरिएको पाँच हजार ८५६ परीक्षणका क्रममा उनीहरुमा संक्रमण पुष्टि भएको हो। योसँगै नेपालमा संक्रमितको संख्या १६ हजार ९५४ जना पुगेको छ।

पछिल्लो २४ घण्टामा नै देशभरका विभिन्न जिल्लाबाट एक हजार ७०५ जना संक्रमित उपचारपछि डिस्चार्ज भएका छन्।

हाल २३ हजार ४७० जना क्वारेन्टाइनमा रहेका छन्। त्यस्तै, ६ हजार ६१३ जना संक्रमित आइसोलेसनमा नै रहेका छन्। त्यस्तै, हालसम्म १० हजार २९४ जना डिस्चार्ज भएका छन्। जुन कुल संक्रमितको ६०.७ प्रतिशत हो।

पछिल्लो पटक संक्रमण पुष्टि भएकामध्ये प्रादेशिक प्रयोगशाला विराटनगरमा भएको परीक्षणमा झापाका ४, मोरङ र सुनसरीका १/१ जना रहेका छन्। गजेन्द्र नारायण सिंह अस्पतालमा भएको परीक्षणमा सप्तरीका १ तथा प्रादेशिक प्रयोगशाला जनकपुरमा धनुषाका ११ र महोत्तरीका ४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए। त्यस्तै, नारायणी अस्पतालमा भएको परीक्षणमा धनुषाकै १६ जनामा संक्रमण पुष्टि भएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा भएको परीक्षणमा काठमाडौंका २ र कपिलवस्तुका १ तथा शुक्रराज ट्रपिकल अस्पतालमा भएको परीक्षणमा भक्तपुरका १ जनामा संक्रमण पुष्टि भएको छ। पाटन अस्पताल प्रयोगशालामा ललितपुरका ५, काभ्रेका १, कैलालीका १, म्यादीका १ र दोलखाका १ जनामा स्क्रमण पुष्टि भएको छ।

त्यस्तै, किटजन्य अन्वेषण प्रयोगशाला हेटौंडामा मकवनपुरका १ र रौतहटका ९ जनामा  संक्रमण पुष्टि भएको छ। धुलिखेल अस्पतालमा भएको परीक्षणमा सिन्धुलीका १ तथा त्रिवि शिक्षण अस्पताल प्रयोगशालामा काठमाडौंका १ र बाग्लुङका २ जनामा संक्रमण पुष्टि भएको छ।

प्रादेशिक प्रयोगशाला पोखरामा म्याग्दी, पर्वत र स्याङ्जाका १/१ र तनुहँका २ जनामा संक्रमण पुष्टि भएको छ। प्रदेशिक प्रयोगशाला रुपन्देहीमा कपिलवस्तुका १ जनामा संक्रमण पुष्टि भएको छ। 

त्यस्तै, भेरी अस्पताल प्रयोगशालामा बर्दिया र दाङका २/२ जनामा संक्रमण पुष्टि भएको छ।  चौरजहारी नगरपालिका प्रयोगशालामा रुकुम पश्चिमका २, सुर्खेत अस्पताल प्रयोगशालामा बाँकेका १, दैलेखका २, जाजरकोटका १ र सुर्खेतका ४१ जनामा संक्रमण पुष्टि भएको छ। 

डडेलधुरा अस्पताल प्रयोगशालामा बझाङ र बैतडीका २/२ जनामा संक्रमण पुष्टि भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell