PahiloPost

Aug 20, 2026 | ४ भदौ २०८३

पोर्न साइट बनाएर अश्लिल भिडियो राख्ने एक जना प्रहरीको फन्दामा



पहिलोपोस्ट

पोर्न साइट बनाएर अश्लिल भिडियो राख्ने एक जना प्रहरीको फन्दामा

काठमाडौं : पोर्न साइट बनाएर अश्लिल भिडियो राख्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं गोंगबु बस्ने २३ वर्षीय सुरज श्रेष्ठ रहेका छन्।

उनलाई प्रहरीले गोंगबुबाट आइतवार पक्राउ गरेको प्रहरी प्रधान कार्यालय साइबर ब्युरोका सह-निर्देशक तथा प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले जानकारी दिए।

चितवनकी एक १७ वर्षीया किशोरीले आफ्नो अश्लिल भिडियो पार्न साइटमा राखिएको उजुरी दिएपछि ब्युरोले अनुसन्धान शुरु गरेको थियो। अनुसन्धानका क्रममा श्रेष्ठले अनधिकृत रुपमा ब्लुसंसार डट कम नामको पोर्न साइट बनाई पीडितको अश्लिल भिडियो अपलोड गरेको खुल्न आएको छ।

पक्राउ परेका श्रेष्ठमाथि जिल्ला अदालत काठमाडौंबाट सात दिनको म्याद लिई थप अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ।

साथै, ब्युरोले अश्लिल तथा यौनजन्य सामाग्रीहरु कम्प्यूटर, इन्टरनेट लगायतका विद्युतीय वा अन्य माध्यमहरुबाट प्रकाशन, प्रसारण वा प्रदर्शन गर्नु सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धमा हुने तथा व्यक्तिलाई अपमान तथा हैरानी गर्ने, घृणा वा द्वेष फैलाई समाजमा विकृती विसंगती बढाउने भएकाले कानुनद्वारा दण्डनीय भएको भन्दै त्यस्तो कार्यहरु नगर्न र नगराउनु सचेत समेत गराएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell