PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु, एक जना घाइते



पहिलोपोस्ट

मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु, एक जना घाइते

काठमाडौं : मोटरसाइकल अनियन्त्रित भई सडकबाट १० मिटर तल खस्दा एक जनाको मृत्यु भएको छ। मोटरसाइकल चालक चन्द्रागिरी नगरपालिका १५ ढुंगेअड्डा बस्ने ३४ वर्षीय रुपेश खड्काको उपचारका क्रममा सोमवार साँझ मृत्यु भएको हो।

मोटरसाइकलको पछाडि सवार बाग्लुङ घर भई हाल चन्द्रागिरी नगरपालिका १५ बस्ने ३५ वर्षीय विजय शाही ठकुरी दुर्घटनामा घाइते भएका छन्। उनको शहिद मेमोरियल अस्पतालमा उपचार भइरहेको छ।

सोमवार करिब साढे ३ वजे चन्द्रागिरी नगरपालिका वडा नम्बर १ ईन्द्रथान नजिक ईन्द्रथानबाट नैकापतर्फ आइरहेको बा ६६ प ५८६६ नम्बरको मोटरसाइकल एक्कासी अनियन्त्रित भई दुर्घटना भएको थियो।

दुर्घटनामा परी घाइते भएका दुवै जनालाई उपचारको लागि शहिद मेमोरियल अस्पताल लगिएको थियो। अस्पतालले चालक खड्काको मृत्यु भएको घोषणा गरेको थियो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell