PahiloPost

Jul 20, 2026 | ४ साउन २०८३

कैलालीमा कोरोना भाइरस संक्रमितको संख्या एक हजार नाघ्यो



एम बम

कैलालीमा कोरोना भाइरस संक्रमितको संख्या एक हजार नाघ्यो

कैलाली : कैलालीमा कोरोना भाइरस संक्रमितको संख्या एक हजार नाघेको छ। सोमवार कैलालीका ११ जनामा संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या एक हजार नाघेको हो।

धनगढीमा गरिएको परीक्षणमा सोमवार थप १० जनामा र शुक्रराज ट्रपिकल अस्पतालमा भएको परीक्षणमा पनि कैलालीका १ जनामा संक्रमण पुष्टि भएको छ। योसँगै कैलालीमा संक्रमितको संख्या एक हजार ७ जना पुगेको छ।

आइतवार साँझ प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले जिल्लामा संक्रमितको संख्या नौ सय ९६ पुगेको बताएका थिए।

कैलालीमा सबैभन्दा बढी गोदावरी नगरपालिकामा संक्रमितको संख्या दुई सय ६१ जना रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell