PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

महानायक विवाद चर्किएपछि बेला-बेला रुन्छिन् दीपाश्री निरौला, भन्छिन् : मैले बोल्न जानिनँ



पहिलोपोस्ट

महानायक विवाद चर्किएपछि बेला-बेला रुन्छिन् दीपाश्री निरौला, भन्छिन् : मैले बोल्न जानिनँ

महानायक विवाद अहिले चर्किएको छ। कलाकार दीपाश्री निरौलाले राजेश हमाल महानायक हो र? भनेर प्रश्न गरेपछि शुरु भएको विवाद दिन प्रतिदिन चर्किँदै गएको छ। दीपाश्रीका साथै दिपकराज गिरी पनि राजेका फ्यानको निशानामा परेका छन्। दुवैले माफी समेत मागिसकेका छन्। तर, विवाद साम्य हुने छाँटकाँट छैन।

बढ्दो विवादले दीपाश्री भने डिप्रेशनमा परेकी छिन्। कलाकार दिपकराजका अनुसार महानायक विवादले दीपाश्री डिप्रेशनमा परेकी हुन्। उनी बेला-बेला रुन्छिन्। आफूले बोल्न नजानेको भन्दै पश्चताप गर्छिन्।

‘दीपाश्रीजीले गिल्टी फिल गर्नुभएको छ। रुनुहुन्छ कहिले काहीँ। शब्द चयन गर्न जानिनँ, सकेसम्म इन्टरभ्यु फेस गर्न हुन्थेन, इन्टरभ्यू लिने मान्छेले पनि इडिट गर्न सक्थ्यो, आगोमा घ्यु थप्ने काम किन गरे? भन्नु हुन्छ,’ दिपकराजले फेसबुकमार्फत जानकारी दिएका छन्।

दीपाश्रीले माफी मागिसकेको र यो विषयलाई तन्काएर आफूहरुलाई साइबर बुलिङमा पारिएको दिपकले बताए।

‘हामीबाट गल्ती भएको छ। हामी सुध्रिन्छौं। तर, माफी माग्दा पनि मान्छेलाई डिप्रेशनमा धकेल्ने? हामी यति क्रुर भइसक्यौं?’ उनले प्रश्न गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell