PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

अयोध्याबारे ओलीको अभिव्यक्तिको विरोध, ‘राम नेपालमा जन्मेको कुरा कुन ग्रन्थमा उल्लेख छ ?’



राधेश्याम पटेल

अयोध्याबारे ओलीको अभिव्यक्तिको विरोध, ‘राम नेपालमा जन्मेको कुरा कुन ग्रन्थमा उल्लेख छ ?’

वीरगंज : प्रधानमन्त्री केपी शर्मा ओलीले सोमवार अयोध्या र रामको जन्मस्थानको बारेमा दिएको अभिव्यक्तिलाई तर्कहीन भन्दै वीरगंजका वुद्धिजिवीहरु विरोध जानएका छन्।

ओलीले भगवान रामको राज्य अयोध्या नेपालको वीरगञ्ज पश्चिममा पर्ने भए पनि भारतले विवादित अयोध्या खडा गरेको आरोप लगाएका थिए।

वीरगंज,हरिखेतान बहुमुखी कयाम्पसका प्राध्यापक आनन्दकुमार यादव नेपाल भारतबीच राम र अयोध्यालाई लिएर आएको अभिव्यक्ति पूर्ण रुपमा गलत भएको बताउँछन्।

‘राम भारतको आयोध्यामा नभई पर्साको ठोरीमा जन्मेको कुराको प्रमाण के छ,’उनी प्रश्न गर्छन्,‘राम भारतको आयोध्यामा जन्मेको कुरा पुराणहरुमा लिपिबद्ध छ,ठोरीमा जन्मेको कुरामा कुन ग्रन्थमा लेखिएको छ,त्यसको प्रमाण नेपालले प्रस्तुत नगरे सम्म प्रधानमन्त्री जस्तो व्यक्तिले बोल्नु दुखद कुरा हो।’

उनले नेपाल भारतको सम्बन्ध बिग्रिरहेको अवस्थामा यस्तो अभिव्यक्ति दिनु नेपालको लागि घातक हुनसक्ने बताए।

‘ओलीले के बोल्दै छन्,होस पुर्‍याएर बोल्नु पर्छ। प्रधानमन्त्रीको कुर्सीमा विराजमान भएर जे पनि बोल्नु गलत कुरा हो,यस बारे सच्याउनु पर्छ, हावातालमा कुरा गरेर केही पनि हुदैन।’ उनले भने।

यसै सन्दर्भमा वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासका एक कर्मचारीले पनि ओलीको अभिव्यक्तिको विरोध जनाएको छ ।

‘राम र अयोध्या कहाँ छ,राम कहाँ जन्मेको हुन भन्ने कुरा बताइराख्नु पर्दैन’भारतीय महावाणिज्य दूतावासका एक अधिकारीले भने,‘नेपाल भारतको सम्बन्ध प्रगाढ छ,यसमा कसले के बोल्यो,कसले के लेख्यो त्यसले फरक पार्ने छैन,तर नेपालका प्रधानमन्त्रीबाट यस्तो अभिव्यक्ति आउन हिन्दू शास्त्र मान्ने हरुको लागि दुखद कुरा हो।’

उनले राम भारतको आयोध्यामा जन्मेको कुरा हिन्दू ग्रन्थमा यथेष्ट प्रमाण रहकोले सफाई दिनु पनि जरुरी नरहको धारणा राखे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell