PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

ग्रानडामाथि रियल मड्रिडको जित, उपाधि जित्न अब दुई अंक आवश्यक



पहिलोपोस्ट

ग्रानडामाथि रियल मड्रिडको जित, उपाधि जित्न अब दुई अंक आवश्यक

स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा लिग लिडर रियल मड्रिडले ग्रानडामाथि जित निकालेको छ। लस कार्मेनेस स्टेडियममा भएको खेलमा रियल मड्रिडले घरेलु टोलीमाथि २-१ गोलअन्तरले जित निकालेको हो।

खेलको अग्रता रियल मड्रिडले बनाएको थियो। खेलको १० औं मिनेटमा कासेमिरोको पासमा फरल्यान्ड मेन्डीले गोल गरेसँगै मड्रिडले अग्रता बनाएको थियो। त्यसको ६ मिनेट नबित्दै रियलले फेरि गोल गर्‍यो। यसपटक लुका मोड्रिचको पासका करिम बेन्जेमाले गोल गरेका थिए। पहिलो हाफमा रियल २ गोलले अघि रह्यो। दोस्रो हाफमा घरेलु टोलीले गोल फर्कायो। ग्रानडाका डर्विन माचिसले सान्त्वना गोल फर्काए।

जितसँगै रियल मड्रिड उपाधिको नजिक पुगेको छ। ३६ खेल खेलेको मड्रिड ८३ अंकसहित शीर्षस्थानमा छ भने समान खेल खेलेको बार्सिलोना ७९ अंकसहित दोस्रो स्थानमा छ।

मड्रिडलाई च्याम्पियन बन्नका लागि अब २ अंक आवश्यक छ। बार्सिलोना भन्दा ४ अंकले अघि रहेको रियल हेड टु हेडमा पनि अघि रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell