PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

घरेलु मैदानमा बराबरीमा रोकियो म्यान्चेस्टर युनाइटेड



पहिलोपोस्ट

घरेलु मैदानमा बराबरीमा रोकियो म्यान्चेस्टर युनाइटेड

इङलिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा म्यान्चेस्टर युनाइटेड साउथह्याम्पटनसँग बराबरीमा रोकिएको छ। ओल्ड ट्राफोर्ड स्टेडियममा भएको खेलको अन्तिम समयसम्म सम्हालिन नसक्दा युनाइटेडले शीर्ष तीनमा उक्लने अवसर गुमाएको हो।

खेलमा सुरुवाती अग्रता साउथह्याम्टनले बनाएको थियो। १२ औं मिनेटमा स्टुअर्ट आर्मस्ट्रङले गोल गर्दै खेलमा अग्रता बनाएका थिए। तर २० औं मिनेटमा घरेलु टोलीले खेल बराबरीमा ल्याउन सफल भयो। युनाइटेडका लागि एन्टोनी मार्सलको पासमा मार्कस रासफोर्डले गोल गर्दा खेल बराबरीमा आयो। त्यसको तीन मिनेटमै फर्नान्डेजको पासमा मार्सलले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए। पहिलो हाफमा युनाइटेड २-१ ले अगाडि रह्यो।

त्यसपछि निर्धारित ९० मिनेटमा दुवै पक्षबाट गोल भएन। तर अतिरिक्त समयमा आएर साउथह्याम्पटनले गोल फर्कायो। खेलको ९६ औं मिनेटमा मिचेल ओबाफेमीले गोल गर्दै खेल बराबरीमा ल्याए। र, २-२ को बराबरीमा खेल रोकियो।

घरेलु मैदानमा अंकबाँडेसँगै युनाइटेडको शीर्ष तीनमामा पुग्ने सपना पुरा हुन सकेन। समान ३५ खेल खेलेका लेस्टरसिटी र म्यानचेस्टर युनाइटेड समान ५९ अंक जोड्दै तालिकाको चौथो र पाँचौं स्थानमा छन्। त्यस्तै  तेस्रो स्थानमा रहेको चेल्सीको ६० अंक छ। उता साउथह्याम्टन भने ४५ अंकसहित १२ औं स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell