PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

दीपकराज गिरी भन्छन् : महानायक विवाद छक्का पञ्जा ब्राण्डप्रतिको प्रहार



पहिलोपोस्ट

दीपकराज गिरी भन्छन् : महानायक विवाद छक्का पञ्जा ब्राण्डप्रतिको प्रहार

काठमाडौं : कलाकार दीपकराज गिरीले महानायक विवाद छक्का पञ्जा ब्राण्डप्रतिको प्रहार भएको बताएका छन्।

महानायक विवाद दिन प्रतिदिन बढ्दै गएपछि फेसबुकमा प्रष्टिकरण दिँदै गिरीले माफी माग्दासमेत विवाद बढ्नु स्वभाविक नभएको बताए।

‘महानायक राजेश हमालजीलाई जुन खालको धेरै समर्थन र चासो आएको छ भने अर्कोतिर हाम्रो टिमलाई गुन गाली आएको छ। राष्ट्रव्यापी विषय भएको छ। यति लामो रुपमा राष्ट्रव्यापी विवाद हुनु स्वभाविक छैन। यो छक्का पञ्जा ब्राण्डप्रतिको प्रहार हो,’ उनले भनेका छन्।

दीपकले राजेश हमालमाथि देखिएको समर्थनमा पनि प्रश्न उठाएका छन्।

‘चलचित्रकर्मीप्रतिको यति धेरै अगाध स्नेह, चासो भइदिएको साँच्चै हो भने नेपाली चलचित्रको अवस्था यो हुन्थेन। वर्षमा एकआध चलचित्र चलेको जस्तो हुन्थेन,’ उनले भनेका छन्, ‘यस्तो धेरै चासो, स्नेह, प्रेम भएको भए नेपाली चलचित्र आज कहाँ पुगिसक्थ्यो, समस्याग्रस्त हुन्थेन। यसको कारण भनेको राजेश हमालका फ्यान उनीप्रति प्रेम गरिरहनुभएको छ केही प्रतिशत, त्यो भन्दा ठूलो प्रतिशत छक्का पञ्जा ब्राण्डप्रतिको प्रहार सबैभन्दा प्रमुख कारण हो।’

राजेश हमालको महानायक ब्राण्डमा प्रश्न उठाउनु आफूहरुको गल्ती भएको र टिप्पणी गर्ने अधिकार पनि आफूहरुलाई नभएको भन्दै दीपकले त्यो हेर्ने काम इतिहास, जनता र देशको काम भएको स्पष्ट पारे।

आफूहरु महानायकको दौडमा नभएको उनको भनाई छ। आफ्नो टिममा दीपाश्री नै राजेशको ठूलो फ्यान भएको तथा साथी संगतका कारण अन्तर्वार्तामा बोल्दा चिप्लिएको र माफी समेत मागिसकेकाले यो विषयमा थप नबढाउन उनले अनुरोध समेत गरे। उनले दिपाश्रीका तर्फबाट राजेश हमालका फ्यान र राजेश हमालसँग माफी पनि मागेका छन्।

माफी मागिसकेपछि पनि विवाद बढाउनु अस्वभाविक भएको उनले दोहोर्‍याए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell