PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

कर तिर्न कुपन, कुपन लिन बिहानैबाट यस्तो लाइन : 'सरकारलाई पैसा बुझाउन पनि यस्तो कष्ट'

कर तिर्न कुपन, कुपन लिन बिहानैबाट यस्तो लाइन : 'सरकारलाई पैसा बुझाउन पनि यस्तो कष्ट'

अमित मचामसी/पहिलोपोस्ट


भक्तपुर सल्लाघारीस्थित यातायात व्यवस्था सेवा कार्यालयमा बिहानैबाट सेवाग्राही लाइनमा उभिए। बिहान ६ बजेबाट एउटा कुपनका लागि सेवाग्राहीहरु लाइनमा छन्।

कुपन १० बजेबाट बाँड्छ। यही कुपन पाउन उनीहरु बिहानैबाट लाइनमा छन्। लाइन बस्नका लागि सामाजिक दुरीसहितको घेरा कोरिएको छ।

दैनिक २०० देखि २५० कुपन बाँड्छ यहाँ। कुपन पाउन घण्टौं कुर्नैपर्‍यो। घेरामा बसिरहन पनि सकिँदैन। त्यसैले धेरैले आफ्नो पालो नमिचुन भनेर घेरामा आफ्नो हेल्मेट राखेका छन्। कसैले पानीको बोत्तल राखेका छन् भने कसैले छाता।

सरकारले कर लिँदा यसरी दुख दिनुभन्दा अनलाइन प्रणालीबाट पैसा लिएको भए सजिलो हुने सेवाग्राही बताउँदै थिए।

अर्को सेवाग्राही प्रश्न गर्दै थिए, 'सरकारलाई आफ्नै पैसा तिर्न त यस्तो दुख दिन्छ भने सरकारसँग आफ्नो पैसा लिन परे कति दु:ख दिने होला?'

 



ट्रेन्डिङ पोस्ट

Ncell