PahiloPost

Aug 20, 2026 | ४ भदौ २०८३

लेखा समिति बैठक बस्दै, स्वास्थ्य सामग्री खरीद प्रकरणमा कार्की, कोइराला र श्रेष्ठले जवाफ दिने



पहिलोपोस्ट

लेखा समिति बैठक बस्दै, स्वास्थ्य सामग्री खरीद प्रकरणमा कार्की, कोइराला र श्रेष्ठले जवाफ दिने

काठमाडौं: प्रतिनिधिसभा अन्तर्गतको लेखा समितिको बैठक बस्दैछ। सिंहदरवारमा विहान ११ बजेदेखि बस्ने बैठकमा स्वास्थ्य सामग्री खरीद प्रकरणमा भएको अनियमितताबारे छलफल हुने सभापति भरत शाहले जानकारी दिए।

उनका अनुसार छलफलका लागि स्वास्थ्य मन्त्रीका विज्ञ सल्लाहकार डा. खेम कार्की, मन्त्रालयका तत्कालीन सचिव यादव कोइराला र स्वास्थ्य सेवा विभागका तत्कालीन महानिर्देशक महेन्द्रबहादुर श्रेष्ठलाई बोलाइएको छ।

कोरोना महामारीमा चीनबाट स्वास्थ्य सामग्री खरीद गर्दा अनियमितता भएको भन्दै विरोध भएपछि लेखा समितिले छानविन थालेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell