PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

गाडी स्यानिटाइज पछि मात्रै यात्रुको पालो, पुरानै भाउमा गुड्यो विद्युतीय गाडी, मयुर यातायातका ४० भन्दा बढी गाडी सडकमा

गाडी स्यानिटाइज पछि मात्रै यात्रुको पालो, पुरानै भाउमा गुड्यो विद्युतीय गाडी, मयुर यातायातका ४० भन्दा बढी गाडी सडकमा

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : आजबाट गाडी बाहिर निकाल्ने तयारीसँगै उनीहरु पीपीई लगाएर गाडी स्यानिटाइज गरिरहेका थिए। उनीहरु अर्थात् चालक र सहचालकहरुले हिजैदेखि सबै सामान ठीक पारिसकेका थिए।

ग्यारेजबाट गाडी निकाल्नु अगाडि उनीहरुले सबैतिर स्यानिटाइज गरे। त्यसपछि स्यानिटाइजर गाडीमा राखे। मास्क पनि राखे। सहचालकको हातमा इन्फ्रारेड थर्मोमिटर थियो। गाडी चढ्ने सबैको तापक्रम लिएरमात्र उनीहरुले मानिसलाई भित्र पठाइरहेका थिए।

सुन्दर यातायातको यो विद्युतीय गाडी हो। यसले पुरानै भाडा दरमा यात्रुलाई आजबाट सेवा दिन सुरु गरेको हो। सुन्दर यातायातको चारवटा विद्युतीय गाडी आजबाट सडकमा गुडेको देखिन्छ। त्यसैगरी आजैबाट मयुर यातायातका ४४ बटा बस सडकमा कुदेको देख्न सकिनेछ। हिजो ६ वटामात्र बस चलाएको थियो मयुरले।

सुन्दर यातायातले भने मास्क समेत बसभित्र राखेको छ। ६० वर्षभन्दा माथि उमेरका यात्रु मास्क नलगाई आएको अवस्थामा उनीहरुले वितरण गर्न यसलाई तयारी अवस्थामा राखेका हुन्।

गाडी चलाउने तयारी र सडकमा नौलो लाग्ने देखिएको सार्वजनिक सवारीका दृष्यहरु हेर्नुस् :



ट्रेन्डिङ पोस्ट

Ncell