PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

एक सातादेखि वेपत्ता हलिउड अभिनेत्री मृत फेला, तालबाट बरामद गरियो शव



पहिलोपोस्ट

एक सातादेखि वेपत्ता हलिउड अभिनेत्री मृत फेला, तालबाट बरामद गरियो शव

हलिउड अभिनेत्री नाया रिभेरा मृत अवस्थामा फेला परेकी छन्। गायिका समेत रहेकी ३३ वर्षीया रिभेराको शव क्यालिफोर्नियाको पीरू तालबाट बरामद गरिएको छ।

रिभेरा ६ दिन अगाडि बुधवार आफ्नो ४ वर्षे छोराका साथ स्विमिंगका लागि डुंगा भाडामा लिएर पीरू ताल गएकी थिइन्। ३ घण्टाका लागि डुंगा लगेर गएकी रिभेरा नफर्किएपछि स्थानीय अधिकारी अर्को ढुंगा लिएर उनको खोजीमा गएका थिए।

तालको बीचमा भाडाको डुंगामा उनका छोरामात्रै थिए। छोराले आमा स्विमिंगका लागि तालमा हाम फालेको र फर्केर नआएको जानकारी अधिकारीहरुलाई दिए। अधिकारीहरुले हेलिकोप्टर, गोताखोर, ड्रोनबाट उनको खोजी सुरु गरे। सोमवार साँझ तालबाट उनको शव फेला पर्‍यो।

अधिकारीहरुका अनुसार रिभेराका छोराले लाइफ ज्याकेट लगाएका थिए भने रिभेराले लगाएकी थिइनन्।

कैयौ हलिउड फिल्ममा काम गरेकी रिभेरा हिट म्युजिकल सीरीज़ 'ग्ली' बाट चर्चामा आएकी थिइन्। उनले ४ वर्षको उमेरदेखि बाल कलाकारका रुपमा अभिनय सुरु गरेकी थिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell