PahiloPost

Nov 24, 2024 | ९ मंसिर २०८१

कर्णालीमा थप २७ जनामा कोरोना पुष्टि : कुल संक्रमित १६९०, डिस्चार्ज भए १४६२ जना



पी बी खड्का

कर्णालीमा थप २७ जनामा कोरोना पुष्टि : कुल संक्रमित १६९०, डिस्चार्ज भए १४६२ जना

कर्णाली प्रदेशमा थप २७ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ। आज थपिएका नयाँ संक्रमितमध्ये प्रदेश अस्पताल सुर्खेत/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेत १४ जना, जुम्ला, जाजरकोट र काठमाण्डौँका एक एक जनामा संक्रमण पुष्टि भएको हो। 

त्यस्तै, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा जुम्लाका ४ जनामा पुष्टि भएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाले जनाएको छ। दैलेख अस्पतालमा गरिएको परीक्षणमा दैलेखका ६ जनामा संक्रमण पुष्टि भएको छ।  यो संगै कर्णालीमा परीक्षण गरिएको संक्रमितको संख्या १६ सय ९० पुगेको छ भने, संक्रमित निको भएर डिस्चार्ज हुनेको संख्या १४ सय ६२ जना पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell