PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा थप ७ जनामा कोरोना पुष्टि



एम बम

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा थप ७ जनामा कोरोना पुष्टि

कैलाली : सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा मंगलवार २८० जनामा गरिएको परीक्षणमा थप ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

जसमा कैलालीका ४ जना, कञ्चनपुरका १ र अछामका २ जना गरी ७ जनामा कोरोना संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए।

संक्रमितमध्ये शुक्ल फाटा नगरपालिका ४ कञ्चनपुरका २२ वर्षीय पुरुष, साँफेबगर ११ अछामका २३ वर्षीया महिला र २५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ।

यस्तै कैलालीको टिकापुर ५ का ७४ वर्षीय पुरुष, गौरीगंगा नगरपालिका ४ की ४० वर्षीया महिला, कैलालीकै लम्किचुहा नगरपालिका वडा नम्बर ५ का ४० वर्षीया महिला र ५० वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell