PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

गाउँपालिकाका सूचना अधिकारी ८५ हजार घुस लिएको अभियोगमा पक्राउ



एम बम

गाउँपालिकाका सूचना अधिकारी ८५ हजार घुस लिएको अभियोगमा पक्राउ

कैलाली : कैलालीको जोशीपुर गाउँपालिकाका सूचना अधिकारी तथा नायब सुब्बा सिद्धराज जोशीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरको टोलीले घुस लिएको अभियोगमा पक्राउ गरेको छ।

नासु जोशीलाई मंगलवार बिहानै स्थानीय प्रशासनको सहयोगमा उनकै कोठाबाट पक्राउ गरिएको आयोगको कञ्चनपुर कार्यालयका सूचना अधिकारी टोपबहादुर विष्टले बताए।

नासु जोशीले सीपमूलक तालिममा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीबाट ८५ हजार रुपैयाँ घुस लिएको आयोगले जनाएको छ। सो घुस रकम अख्तियारको टोलीले सोमवार नै बरामद गरेको थियो तर उनी भागेपछि अख्तियारको टोलीले उनलाई सोमवार पक्राउ गर्न सकेको थिएन।

थप अनुसन्धानको लागि उनलाई काठमाडौं पठाइने जनाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell