PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

कैंची र काइयो हातमा लिएर आन्दोलनमा उत्रे नाई व्यवसायी

कैंची र काइयो हातमा लिएर आन्दोलनमा उत्रे नाई व्यवसायी

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : प्रत्येक नाईं श्रमिकलाई लकडाउन अवधिभर प्रतिमहिना २५ हजारका दरले रकम उपलब्ध गराउनु पर्ने मागसहित व्यवसायीहरु आन्दोलित भएका छन्। 

लकडाउनका कारण व्यापार व्यवसाय बन्द गर्नु परेकाले लकडाउन अवधिको प्रतिमहिना २५ हजारका दरले रकम दिनुपर्ने माग व्यवसायीहरुले राखेका हुन्। नेपाल नाई ट्रेड युनियनले मंगलवार माइतीघरमा आफ्नो समस्या सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउँदै प्रदर्शन गरेको छ। तत्काल सम्पूर्ण श्रमिकहरुलाई राहतको व्यवस्था गर्नुपर्ने, लकडाउन अवधिको बैंक ब्याज मिनाहा गर्नुपर्ने र पसल तथा कोठा भाडा पूर्ण रुपमा मिनाहा गर्नुपर्ने माग राख्दै प्रदर्शन गरेका हुन्। ट्रेड युनियनका अध्यक्ष गजेन्द्र ठाकुरले तत्काल सैलुन र पार्लर खोल्न दिनुपर्ने, लकडाउन अवधिमा प्रतिमहिना २५ हजारका दरले दिनुपर्ने, निःशूल्क देशभरीका श्रमिकहरुलाई पीपीई सेट उपलब्ध गराउनुपर्ने र ५० लाख बराबरको जीवन बीमाको व्यवस्था गर्नुपर्ने बताए।

सरकारले लकडाउनको समय बढाउँदै लगेपछि घर जान पनि नपाएको र व्यवसायमा समेत सञ्चालन गर्न नसक्दा समस्या भएको नाईहरुको भनाई रहेको छ। स्थानीय सरकारहरुले राहत वितरण गरेपनि मतदाता परिचयपत्र साथमा नभएका कारण आफुहरुले पाउन नसकेको ठाकुरले बताए। पटकपटक सरकारलाई आफ्ना समस्या सुनाउँदा पनि सम्बोधन नभएको उनले गुनासो गरे। आफ्ना मागहरु पुरा नगरे देशव्यापी रुपमा सशक्त आन्दोलन गर्ने तयारी भएको नाई संघले चेतावनी दिएको छ। 



ट्रेन्डिङ पोस्ट

Ncell