PahiloPost

Jan 17, 2026 | ४ माघ २०८२

नागरिकता किर्ते गरेको अभियोगमा डीएसपीविरुद्ध मुद्दा



पहिलोपोस्ट

नागरिकता किर्ते गरेको अभियोगमा डीएसपीविरुद्ध मुद्दा

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेश बहादुर सिंहविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ। नागरिकता किर्ते गरेको अभियोगमा उनीविरुद्ध मुद्दा दर्ता भएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।

सिंहले नेपाल प्रहरीको प्रहरी निरीक्षक पदमा दरखास्त गर्न जिल्ला प्रशासन कार्यालय, बझाङबाट निकालेको नेपाली नागरिकताको प्रमाण पत्रमा उल्लिखित जम्म मिति सच्चाएको आयोगले जनाएको छ। उनले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट सो नागरिकताको प्रतिलिपि समेत लिएको बताइएको छ।

उनले नागरिकताको प्रमाण पत्रका साथै शैक्षिक योग्यताका प्रमाण पत्रहरुमा समेत उल्लिखित जन्म मिति सच्चाएर पेश गरेको आयोगले बताएको छ।

सिंहविरुद्ध साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९ को उपदफा (२) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजायको मागदावीसहित मंगलवार विशेष अदालतमा आरोपपत्र दायर गरिएको प्रवक्ता कोइरालाले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell