काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा १६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। देशभरका २५ प्रयोगशालामा ४ हजार ३६१ जनाको परीक्षण गर्दा ३१ जिल्लाका १६६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए।
योसँगै नेपालमा कुल १७ हजार ६१ जनामा संक्रमण पुष्टि भएको छ। हाल नेपालमा ६ हजार ६९५ जना संक्रमित आइसोलेसनमा उपचारका क्रममा छन्।
पछिल्लो २४ घण्टामा ३४ जना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म १० हजार ३२८ जना डिस्चार्ज भइसकेका छन्। जुन कुल संक्रमित संख्याको ६०.५३ प्रतिशत हो।
पछिल्लो २४ घण्टामा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भएको परीक्षणमा धनकुटाका ३, सिराहा, सुनसरी र तेह्रथुमका १/१ जनामा संक्रमण पुष्टि भएको छ। प्रादेशिक प्रयोगशाला विराटनगरमा झापाका १ र कोशी अस्पताल प्रयोगशालामा इलामका २ जनामा संक्रमण पुष्टि भएको छ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा धनुषा र महोत्तरीका १९/१९ जना तथा नारायणी अस्पताल प्रयोगशालामा धनुषाकै २ र पर्साका पनि २ जनामा संक्रमण पुष्टि भएको छ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गोरखा र नुवाकोटका १/१ तथा शुक्रराज ट्रपिकल अस्पताल प्रयोगशालामा काठमाडौंका १ जनामा संक्रमण पुष्टि भएको छ।
किटजन्य रोग अन्वेषण प्रयोगशाला हेटौंडामा नवलपरासी पूर्वका २ तथा रौतहट र सिन्धुलीका १/१ जनामा संक्रमण पुष्टि भएको छ। धुलिखेल अस्पताल प्रयोगशालामा काभ्रेका २ र ओखलढुंगाका १ जनामा संक्रमण पुष्टि भएको छ। त्रिवि शिक्षण अस्पताल प्रयोगशालामा गोरखा, कैलाली, काठमाडौं, पाल्पा, सुर्खेत र सिन्धुपाल्चोकका १/१ जनामा संक्रमण पुष्टि भएको छ।
प्रादेशिक प्रयोगशाला रुपन्देहीमा प्युठानका २ तथा भेरी अस्पताल प्रयोगशालामा बाँके र बर्दियाका १/१, रोल्पाका ३ र दाङका ५ जनामा संक्रमण पुष्टि भएको छ। लुम्विनी प्रादेशिक अस्पताल प्रयोगशाला बुटवलमा अर्घाखाँचीका ३ र पाल्पाका ४ जनामा संक्रमण पुष्टि भएको छ।
दैलेख पीसीआर प्रयोगशालामा दैलेखका ६ तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा अछामका १२ र जुम्लाका ४ जनामा संक्रमण पुष्टि भएको छ। सेती अस्पताल प्रयोगशालामा कञ्चनपुरका १, कैलालीका ४ र अछामका २ जनामा संक्रमण पुष्टि भएको छ।