PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

ओलीको ‘अयोध्या अभिव्यक्ति’ बारे परराष्ट्रको स्पष्टीकरण, ‘प्रधानमन्त्रीको अभिव्यक्ति राजनीतिसँग जोडिएको छैन’



पहिलोपोस्ट

ओलीको ‘अयोध्या अभिव्यक्ति’ बारे परराष्ट्रको स्पष्टीकरण, ‘प्रधानमन्त्रीको अभिव्यक्ति राजनीतिसँग जोडिएको छैन’

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले राम जन्मभूमी अयोध्याबारे दिएको विवादास्पद अभिव्यक्तिप्रति परराष्ट्र मन्त्रालयले स्पष्टीकरण दिएको छ।

मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको अभिव्यक्ति कुनै राजनीतिक विषयसँग नजोडिएको बताइएको छ। श्रीराम र उनीसँग सम्बन्धित स्थानहरुको बारेमा धेरै कथाहरु रहेको भन्दै मन्त्रालयले ओलीले ऐतिहासिक स्थान र तथ्यहरु बारेमा अनुसन्धान हुनुपर्ने कुरामा जोड दिएको विज्ञप्तिमा उल्लेख छ।

साथै प्रधानमन्त्री ओलीले कसैको धार्मिक भावनामा चोट पुर्‍याउन उक्त अभिव्यक्ति नदिएको दाबी मन्त्रालयले गरेको छ।

आइतवार प्रधानमन्त्री ओलीले राम भारतको अध्योयामा नभई नेपालकै वीरगंजमा रहेको ठोरीमा जन्मिएको बताएका थिए। उनको उक्त अभिव्यक्तिपछि भारतमा मात्र नभइ नेपालमा समेत विरोध भइरहेको छ।

भारतीय सत्तारुढ दल भारतीय जनता पार्टीदेखि विभिन्न धार्मिक संघसंस्थाहरुले प्रधानमन्त्री ओलीको उक्त अभिव्यक्तिको विरोध गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell