PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

कतारमाथिको हवाई नाकाबन्दी गलत : आइसीजे, बहरायन, इजिप्ट, साउदी र युएईलाई धक्का



पहिलोपोस्ट

कतारमाथिको हवाई नाकाबन्दी गलत : आइसीजे, बहरायन, इजिप्ट, साउदी र युएईलाई धक्का

दोहा : संयुक्त राष्ट्रसंघीय न्यायालयले कतारमाथि लगाइएको हवाई नाकाबन्दीलाई गलत ठहर्‍याएको छ। बहराइन, इजिप्ट, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्सले लगाएको एअर ब्लकेडविरुद्ध न्यायालयले फैसला सुनाएको हो।

इन्टरनेसनल कोर्ट अफ जस्टिस (आइसीजे)ले चार मुलुकको दावी खारेज गरेको हो। न्यायालयले हवाई नाकाबन्दीले अन्तर्राष्ट्रिय नागरिक उड्डययन महासन्धीको ठाडो उल्लंघन गरेको समेत ठहर्‍याएको छ।

'आइसीजेको आदे कतारका लागि ठूलो जित भएको छ र नाकाबन्दी गर्नेहरुमाथि थप्पड,' कतारको विदेश मन्त्रालयका सूचना अधिकारी अहमद विन साइद विन जाबोर अल रुमाहीले भने, 'अन्तरराष्ट्रिय कानुन मिच्नेविरुद्ध हाम्रो अडान सहि छ भन्ने यसले देखाएको छ।'

कतारको सिभिल एभिएसन अथोरिटीका अध्यक्ष अब्दुल्ला विन नसर तुर्की अल सुवयले ट्विट गर्दै कतारका लागि ऐतिहासिक जित भएको उल्लेख गरेका छन्।

२०१७ को जुन ५ मा साउदी अरेबिया, संयुक्त अरब इमिरेटस्, बहराइन र इजिप्टले कतारसँगको कुटनीतिक सम्बन्ध तोड्दै जमीन, समुन्द्र र हवाई नाकाबन्दी लगाएका थिए। उनीहरुले कतारले आतंकवादीलाई सहयोग गरेको आरोप लगाउँदै नाकाबन्दी गरे पनि कतारले आफ्नो अडान छाडेन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell