PahiloPost

Jan 17, 2026 | ४ माघ २०८२

बिहारमा पनि उछालमा संक्रमित संख्या, एकै दिन थपिए १४ सय ३२



पहिलोपोस्ट

बिहारमा पनि उछालमा संक्रमित संख्या, एकै दिन थपिए १४ सय ३२

नयाँ दिल्ली : कोभिड १९ का पेन्डेमिकका कारण भारतको अवस्था थप खराबतिर लागेको छ। मंगलवार एकै दिन भारतमा ३० हजार भन्दा धेरै संक्रमित भेटिएका छन्। संक्रमितको संख्याले पहिलो पटक ३० हजारको सीमा पार गरेको हो।

कोरोना भाइरसका कारण संसारका सबैभन्दा खराव मुलुकको सूचीमा भारत तेस्रो स्थानमा छ। अमेरिका र ब्राजिलपछि भारतको हालत सबैभन्दा कमजोर देखिएको हो। भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्याले पनि २४ हजारको सीमा पार गरेको छ। मंगलवारमात्रै ५ सय ८२ जना संक्रमितको ज्यान गुमेको छ।

मंगलवार ३० हजार १ सय ४२ जना नयाँ संक्रमित थपिएपछि भारतमा कोरोना संक्रमितको संख्या ९ लाख ३६ हजार ९ सय ९४ पुगेको छ।

कुनै बेला भारतको सीमित राज्यमा मात्र तीब्र रफ्तारमा कोरना संक्रमित भेटिएका थिए भने अहिले त्यो धेरैतिर फैलिसकेको छ। कम्तिमा पनि १० राज्यमा मंगलवार संक्रमितको संख्या हजारभन्दा माथि रहेको छ।

यसअघि नेपालसँग सीमा जोडिएको भारतीय प्रान्त बिहारमा मंगलवार एकै दिन १४ सय ३२ जना संक्रमित थपिएका छन्। यो बिहारको एकै दिन पहिचान भएका कोरोना संक्रमितको अहिलेसम्मकै ठूलो सूची हो। नेपालसँगै सीमा जोडिएको उत्तर प्रदेशमा मंगलवारमात्र २८ जनाले ज्यान गुमाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell