PahiloPost

Aug 20, 2026 | ४ भदौ २०८३

विप्लव नेतृत्वको नेकपाका पोलिटब्युरो तथा पूर्वका नेता ओमप्रकाश पुन समातिए



पहिलोपोस्ट

विप्लव नेतृत्वको नेकपाका पोलिटब्युरो तथा पूर्वका नेता ओमप्रकाश पुन समातिए

काठमाडौं : नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पोलिटव्युरो तथा मेची महाकाली व्यूरो इन्चार्ज ओमप्रकाश पुन पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय कैलाली र नेपाल प्रहरीको विशेष व्यूरोको टोलीले कैलालीको कनरीबाट उनलाई नियन्त्रणमा लिएको हो। 'फूलबारीबाट धनगढी आउने क्रममा नियन्त्रणमा लिएका हौं,' एक प्रहरी अधिकृतले भने।

उनीसँगै एक जना पूर्व केन्द्रीय सदस्य महिलालाई पनि नियन्त्रणमा लिइएको छ।

सरकारले चन्द समूहलाई कुनै पनि गतिविधि गर्न नपाउने गरी प्रतिवन्ध गरेको छ। त्यसपछि नेता तथा कार्यकर्तालाई पक्राउ गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell