PahiloPost

Aug 20, 2026 | ४ भदौ २०८३

पुनसँगै समातिइन् उनकी पत्नी पूर्णिमा पनि



पहिलोपोस्ट

पुनसँगै समातिइन् उनकी पत्नी पूर्णिमा पनि

धनगढी : नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पोलिटव्युरो तथा मेची महाकाली व्यूरो इन्चार्ज ओमप्रकाश पुनसँगै उनकी पत्नी पूर्णिमा पनि पक्राउ परेकी छिन्।

नेकपाकै अनेमसंघकी नेतृ पूर्णिमा धामी पनि पक्राउ परेकी हुन्।

जिल्ला प्रहरी कार्यालय कैलाली र विशेष व्यूरोको टोलीले कैलालीको कनरीबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो।

'फूलबारीबाट धनगढी आउने क्रममा नियन्त्रणमा लिएका हौं,' एक प्रहरी अधिकृतले भने।

सरकारले चन्द समूहलाई कुनै पनि गतिविधि गर्न नपाउने गरी प्रतिवन्ध गरेको छ। त्यसपछि नेता तथा कार्यकर्तालाई पक्राउ गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell