PahiloPost

Jul 18, 2026 | २ साउन २०८३

सुनाकोठीका स्थानीय बिहान ९ बजे सडक बन्द गर्छन्, साँझ ६ बजेमात्र खोल्छन्

सुनाकोठीका स्थानीय बिहान ९ बजे सडक बन्द गर्छन्, साँझ ६ बजेमात्र खोल्छन्

अमित मचामसी/पहिलोपोस्ट


ललितपुर : ललितपुर सुनाकोठीका स्थानीयहरु केही दिनयता सडक संघर्षमा छन्। सडक कालोपत्रे नहुँदा समस्या भोग्न परेको भन्दै उनीहरुले सडक अवरुद्ध गरेका छन्।

स्थानीयले हरेक दिन बिहान ९ बजेबाट सडक बन्द गर्ने गरेका छन् भने बेलुका ६ बजे सडक खुला गर्छन्। स्थानीयको अवरोधसँगै टीकाभैरव, लेले, लुभु, चापागाउँ, प्युटारलगायतको सवारी यात्रुलाई असहज भएको छ।

वर्षौंदेखि सडक मर्मत नहुँदा वर्षायाममा सडक पोखरी बन्ने गरेको स्थानीयको गुनासो छ। केही दिन अघि उनीहरुले सडकमा नै धान रोपेर विरोध जनाएका थिए। अघिल्लो वर्ष पनि उनीहरुले विरोध जनाएका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell